FLASH NEWS
  • Loading...

घारमा आगोबाट घर नष्ट, निभाउँदा चार घाईते

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४३ पटक पढिएको
घारमा आगोबाट घर नष्ट, निभाउँदा चार घाईते

शुक्रवार मध्यान्न २ बजे आगोलागीहुँदा अन्नपूर्ण गाउँपालिका, ६ घार टोपेचौरमा एक घर जलेर नष्ट भएको छ ।

आगोलागीबाट घर खाना पकाउने एलपी ग्याँस सिलिण्डर पड्कदा आगो निभाउन गएका चार जना छिमेकी घाईते भएका छन । घरमा कोही नभएको अवस्थामा एक्कासी आगो लागी भएपछि निभाउन गएका भगवती खड्का, उजेली खड्का, विष्णु बरुवाल र भक्तबहादुर खड्का घाईते भएका हुन । घाईतेको अवस्था खतरा मुक्त छ ।

आगो निभाउन पुगेकी स्थानिय सरिता बरुवालका अनुसार डम्बरबहादुर खड्काको पर्यटक रेष्टुरेन्ट एक्सेलेण्ड भ्यूमा आगोलागी भएको हो । आगोलागीबाट घरमा रहेका गरगहना, नगद, लत्ताकपडा र अन्नपातसमेत दुई तले घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकबहादुर गुरुङ्गले आगोलागी नियन्त्रण्मा आएको र क्षतिको विवरण संकलन भैरहेको बताए ।

तस्वीर ः सुरेन गुरुङ्ग