- Loading...
पर्यटनको एक परिचय
- पुनहिल डट कम
- ३ साल अघि
- ३७८ पटक पढिएको

पर्यटन यात्रासँग सम्बन्धित विषय हो । अघि मानिसहरू व्यापार र तीर्थ यात्राका क्रममा एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने गर्दथे । पछि यात्रालाई पनि व्यावसायीकरण गरियो र यसैलाई पर्यटनका रूपमा लिन लागियो ।
यसलाई एक महत्वपूर्ण आर्थिक गतिविधिको माध्यम पनि मान्न थालिएकोछ । यसले गर्दा पर्यटन शब्दको अर्थ पनि बृहत्तर हुँदै गयो । पर्यटनलाई महत्वपूर्ण आर्थिक गतिविधिको माध्यम तथा व्यवसायका रूपमा लिन लागेपछि यसलाई मनोरञ्जनका लागि र धर्म गर्न घुम्ने अर्थमा लिन लागियो । यात्रालाई व्यवसायीकरण गरिएपछि यसले उद्योगको रूप लिने लागेको हो । तसर्थ हाल पर्यटनलाई एक प्रकारको उद्योग मानिन्छ ।
पर्यटन के हो भन्ने सबालमा कुनै विदेशीका कृयाकलाप, जुन कुनै निश्चित देश, क्षेत्र र शहरभित्र पस्ने, रहने र हिंडडुल गर्ने कार्यका साथै आर्थिक गतिविधिसँग सम्वन्धित विषयवस्तुलाई पर्यटन भन्ने गरिएको छ । यहाँ यात्रा गर्ने व्यक्तिलाई विदेशी भनिएको छ, तर कुनै व्यक्ति आप्नै देशभित्र यात्रा गर्दछ भने ऊ पनि पर्यटक मानिन्छ । यसको मतलव कुनै पनि यात्रीको अर्को देशको यात्रामात्र पर्यटन हो भन्ने मान्यता रहँदैन ।
आप्नै देशभित्रका विभिन्न स्थानहरूको यात्रा गर्ने व्यक्ति पनि पर्यटक मानिन्छ । तर उसबाट आर्थिक गतिविधि भएको या यात्राका शिलशिलामा केही रकम खर्च गरेको हुनुपर्दछ । यता पर्यटन आर्थिक पक्षसँग गाँसिएको विषयवस्तु रहेकाले यात्रा गर्ने व्यक्तिले यात्राका क्रममा पैसा खर्च गरेन भने त्यसलाई पर्यटक मान्न सकिंदैन । यसरी पर्यटन र पर्यटक आन्तरिक र वाह्य दुवै प्रकारका हुन्छन् । आप्mनै देशमा घुमफिर गर्ने पर्यटक आन्तरिक र अर्को देसको भ्रमण गर्ने भने बाह्य पर्यटक हुने गर्दछन् ।
पर्यटनको कार्य देशभित्र विदेशी मुद्रा भित्र्याउनु पनि हो । यसबाट ज्यादा फाइदा होटल व्यवसायीलाई हुन्छ भने यसले देसको अर्थव्यवस्थाका विविध पक्षमा प्रभाव पारिरहेको हुन्छ । यसरी पर्यटन विशुद्ध रूपमा आर्थिक गतिविधिसँग जोडिएको हुन्छ । पर्यटनलाई आर्थिक गतिविधि र कुनै पनि मुलुकको आर्थिक उन्नयनको माध्यमा मानिएको छ । यसबाट आन्तरिक रूपमा आर्थिक गतिविधि तिब्र हुन्छ भने बाह्य पर्यटकबाट विदेशी मुद्रसमेत प्राप्त गर्न सकिन्छ । तर पनि यहाँ विदेशी पर्यटकलाई मात्र महत्व दिन भने सकिंदैन ।
आन्तरिक र बाह्य पर्यटक दुवैको पर्यटनमा समान महत्व रहने गर्दछ । समय विताउन र व्यापार व्यवसायका लागि कम्तिमा २४ घन्टाका लागि अर्को मुलुकको भ्रमणमा जाने पर्यटकलाई भने अन्तर्राष्ट्रिय पर्यटक भन्ने गरिन्छ । वास्तवमा कुनै पनि व्यक्ति पर्यटक हुनका लागि कम्तिमा पनि २४ घन्टा या एक रात अर्को स्थानमा बसेकै हुन आवश्यक छ । यस अर्थमा विहान कुनै ठाउँमा गएर बेलुका आप्mनै घरमा फिर्नुलाई पर्यटन मान्न सकिंदैन । तसर्थ पर्यटन फुर्सदको घुमाई सँग सम्बन्धित छ, जुन मनोरञ्जन, भेटघाट, तीर्थयात्रा, भेला, मिटिङ्ग तथा सभासम्मेलनमा भाग लिने जुनसुकै प्रयोजनसँग पनि सम्वन्धित रहन सक्दछ ।
घुम्ने स्वागतकर्ता दुवै पक्षको आवश्यकता पर्यटनका लागि पर्दछ । यस सन्दर्भमा यात्रिलाई पाहुना र स्थानीयलाई स्वागतकर्ता भनिन्छ । पाहुनाले आपूm नयाँ ठाउँमा गएर स्थानीयबाट सेवा लिन्छ र स्वागतकर्ताले सेवा र सामान वापत यात्रिसँग मूल्य लिने गर्दछ । यसबाट आर्थिक गतिविधि समेत हुने भएकाले पर्यटनलाई उद्योगका रूपमा लिने गरिएको हो ।
यसैगरी आपूmलाई चाहिने सवै सामाग्रीहरू जस्तो खाने, सुत्ने र अन्य आवश्यक वस्तु आफैं बोकेर हिंड्नु पर्यटन नभएर यात्रामात्र हो । तसर्थ आरामले छुट्टि बिताउन, मनोरञ्जन गर्न, उपचार गर्न, तीर्थयात्रा गर्न, व्यापारव्यवसाय गर्न र आफन्तसँग भेटघाट गर्न गरिने यात्रा पर्यटन हो र त्यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । मानिसहरूको अस्थायी यात्राबाट पर्यटनको प्रादुर्भाव हुने गर्दछ । तसर्थ बसाईं सर्नु, नोकरी र अध्ययन गर्न घरबाहिर बस्नु र धर्मशाला या आफन्तको घरमा निशुल्क खानपिन गरी बस्नुजस्ता कार्यलाई पर्यटन मान्न सकिंदैन । यसका लागि स्वागतकर्ता र पाहुना दुवैको अस्तित्व आवश्यक छ र स्वागतकर्ताले सेवा दिएवापत सेवाशुल्क पाउने अवस्थामा सिर्जना हुन आवश्यक हुने गर्दछ ।
कुनै पनि स्थानको पर्यटन विकासका लागि त्यस स्थानमा पर्यटकहरूले घुमफिर गर्ने गर्नु पर्दछ । पर्यटक उनीहरूका चासोका विषयवस्तु हेर्न तथा तिनीहरूका बारेमा जानकारी लिनका लागि कुनै पनि स्थानको भ्रमण गर्ने गर्दछन् । तसर्थ पर्यटनका लागि त्यस्ता स्थानका तान्नेले प्रभाव पारेको हुन्छ । पर्यटकहरूले टेलिभिजन, रेडियो, अन्य माध्यमका विज्ञापन, ट्राभल एजेन्सीहरू, होटल, गाइडबुक, लेखरचना, क्लब, आफन्त, साथिभाई र यातायात कम्पनिका माध्यमबाट त्यस्ता ठाउँका बारेमा जानकारी पाउने र तिनीहरूको भ्रमणका गर्ने गर्दछन् । विशेषगरी जङ्गलसम्बन्धी, जमिनको सतहमा पाइने र मानव सभ्यतासँग सम्बन्धित श्रोतहरू पर्यटकका लागि तान्ने हुने गर्दछन् ।
ताल, नदी, हिउँ, गल्छी, पहाड, उपत्यका, बेंसी, फाँट, मानवका स्थानीय चाडपर्व, उत्सव, लोकगीत, हस्तकला, शीप, परम्परा, भेषभूषा, म्यूजियम, स्मारक, धार्मिक स्थल, युद्ध र खेल उत्सव, सिनेमा, बार र रेस्टुरेन्टजस्ता जुनसुकै तत्वहरू पनि पर्यटकका तान्ने तत्व हुन सक्तछन् । यसका साथै मेला, प्रदर्शनि, सम्मेलन र किनमेल गर्ने स्थानहरू समेत पर्यटकलाई तान्ने तत्व हुने देखिन्छन् । कुनै पनि स्थानका मानिसहरूको अतिथि सत्कार परम्परा, शान्ति सुरक्षाको अवस्था र अन्य परिस्थितिले समेत पर्यटकहरूलाई तान्ने गर्दछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
