FLASH NEWS
  • Loading...

भुकम्पलाभग्राही नक्कली भन्दै उजुरी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४० पटक पढिएको
भुकम्पलाभग्राही नक्कली भन्दै उजुरी

भुकम्पबाट आवासमा क्षति पुगेको भन्दै निजी आवास पुननिर्माण गर्न पहिलो किस्ता लिने सात सय ८४ जना लाभग्राहीमध्य आधावढी नक्कली रहेको भन्दै उजुरी परेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयण्न इकाईको अभिलेख अनुसार पहिलो किस्ता बुझ्ने सात सय ८४ जना सेवाग्राहीमध्य चार सय २५ जना लाभग्राही नक्कली रहेको भन्दै आयोजना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

नक्कली भुकम्प पीडित भै रकम लिएको उजुरी पनि बेनी नगरपालिकामा अत्याधिक रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाल अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निजी आवास पुननिर्माण गर्न पहिलो किस्ता रकम बुझ्ने ७ सय ८४ जना मध्य चालु आवको पुसमसान्तसम्म जम्मा १ सय ६५ जना लाभग्राहीले मात्र आवास पुननिर्माण गरेका छन । १० जना लाभग्राहीको आवास निर्माण अन्तिम चरणमा रहेकोले तेस्रो किस्ता भुक्तानी प्रकृया सुरु भएको छ ।

‘भुकम्पपछिको पुननिर्माण र पुनस्थापनाकालागी अनुदान लिने केही लाभग्राही नक्कली रहेको भन्ने गुनासा आयोग र अख्तियारमा समेत उजुरी दर्ता भएका छन । हामी छानविनमा लागेका छौं’ जिल्ला आयोजना कार्यान्वयण्न इकाई अनुदायन ब्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीका प्रमुख शिवराम गेलालले हालै बेनीमा आयोजित भुकम्पछिको पुननिर्माण र पुनस्थापना सम्बन्धमा जिल्ला स्तरिय समवन्य वैठक एवं अभिमुखिकरण कार्याकक्रममा भने, ‘उजुरी छानविन भैरहेकोले आरोप प्रमाणित भए भुकम्पले निजी आवासमा क्षति पु¥याएको भनि गलत विवरण भर्ने र सिफारिस गर्ने दुवै पक्षलाई कारवाही गर्छौ ।’

आयोजनाका अनुसार भुकम्पले क्षति पु¥याएका निवेदन परेका मध्य एक हजार तीन सय ५० घर प्राविधिकले सर्वेक्षणगरी ८ सय ६८ घर भुकम्पले क्षति पु¥याएको भनि यकिन गरेको थियो । आयोगले यकिन गरेका संख्या र ब्यक्तिलाई स्थानिय तहले सिफारिस गरी पहिलो किस्ता झिकेका हुन । पहिलो किस्ता लिने ७ सय ८४ लाभग्राही दोस्रो किस्ता बुभ्mने २ सय ८७ मा झरेका छन । पुस १५ सम्मको अभिलेख अनुसार जिल्लामा भुकम्पपछि निजी आवास पुननिर्माण गर्न तेस्रो किस्ता बुझ्ने लाभग्राही १ सय ६५ मात्र छन ।

स्थानीय तहमध्य सवैभन्दाबढी बेनी नगरपालिकामा ३ सय ८० लाभग्राहीले पहिलो किस्ता रकम बुझेकोमा हालसम्म दुई बर्षमा जम्मा ८३ जना लाभग्राहीले मात्र तेस्रो किस्ता पाएका छन । अन्नपूर्ण गाउँपालिकाका १ सय १४ लाभग्राहीमध्य १५ जना, रघुगंगाका १ सय ४५ मध्य १६ जना, मंगलाका १ सय २७ मध्य ४२, धौलागिरीका ३० मध्य ९ घर लाभग्राहीले मात्र तेस्रो किस्ता बुझेका छन । मालिका गापाका पहिलो किस्ता रकम बुझ्ने ३५ मध्य हालसम्म एक जनाले पनि तेस्रो किस्ता पाएका छैनन ।

त्यसैगरी भुकम्पबाट क्षतिग्रस्त जिल्लाका ९७ वटा विद्यालयमध्य ४ वटा विद्यालय भवन पुननिर्माण भएका छन । ७ वटा निर्माणाधिन छन । चालु बर्षमा थप २० वटा विद्यालय पुननिर्माण गर्न सम्झौता प्रकृया सुरु भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित सडक अन्र्तगत अन्नपूण गाउँपालिकाको पोखरे–घार–शिख–चित्रे १८.५ किमी सडकको कालोपत्रे सहित स्तर उन्नत गर्न ३६ करोड  ६९ लाख ५८ हजार लागत अनुमान गरिएकोमा काठमाण्डौको मोतिदान÷जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लगाएको छ ।

‘समयमै प्राविधिक लाभग्राहीको घरमा पुग्न नसक्नु, मौलिक कला, संस्कृति र हावापानी र स्थानीय बजारमा पाईने सामाग्री अनुरुप डिजानईन नहुँदा निजी आवास भवन पुननिर्माणमा समस्या भएको हो’ आयोजनाका जिल्ला प्रमुख गेलालले भने, ‘निजी आवास पुननिर्माणमा ढिलाई र विवाद रहेपनि विद्यालय पुननिर्माण र भुकम्प प्रभावित सडकको काम सन्तोषजनक रुपमा भएको छ ।’