- Loading...
दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै : वृद्धभत्ता बढ्न सक्ने
- पुनहिल डट कम
- ३ साल अघि
- १३६ पटक पढिएको

सरकारले आज आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ। शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले तयारी पूरा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हल सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेका हुन्।
प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्।
कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नगरी पुरानालाई निरन्तरता दिनुपर्नेमा विज्ञले जोड दिएका छन्। बिहीबार मात्र पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले बजेटमा मतदाता प्रभावित गर्ने कार्यक्रम समावेश नगर्न सुझाव दिएका थिए।
सरकारले भने महामारी नियन्त्रण र चुनावी कार्यक्रमलाई केन्द्रित गरेर बजेट तयार पारेको छ। अर्थमन्त्री पौडेलले कोभिड–१९ को सामना गर्ने र चुनाव केन्द्रित बजेट आउने बताएका छन्। कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुर्नउत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने उनको भनाइ छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार कोभिड, निर्वाचन, आर्थिक पुनस्र्थापना, रोजगारी सिर्जना, ठूला परियोजना अगाडि बढाउने र नियमित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार भएको हो।
बजेटमा प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको छ। सबैलाई रिझाउने प्रयास गर्दा बजेटको आकार भने बढ्ने बताइएको छ।
यस वर्ष करिब १६ खर्बको बजेट ल्याउने सरकारको तयारी रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
