- Loading...
चीनद्वारा सर्वदलीय अन्तर्क्रिया
- पुनहिल डट कम
- ३ साल अघि
- १५७ पटक पढिएको

करिब दुई तिहाइ बहुमतसहित सत्तासीन नेकपा फुटेपछि उत्तरी छिमेक चीनले नेपालका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्न खोजेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले २०७५ सालदेखि नेकपासँग मात्र सहकार्यमा जोड दिँदै आएकामा नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि पहिलोपटक यहाँका लगभग सबै मुख्य राजनीतिक दलसँग एकसाथ छलफल गरेको छ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागले बुधबार गरेको दुई मुलुकबीचको भर्चुअल कार्यक्रममा नेकपा एकतापूर्वको अवस्थामा पुगेर ब्युँतिएका एमाले र माओवादी केन्द्रका साथै कांग्रेस, जसपा, नेमकिपा, राप्रपालगायत दल समेटिएका थिए । कोरोना भाइरसविरुद्ध दुई मुलुकका राजनीतिक दलहरू एकजुट भएर लाग्ने विषयमा भएको भर्चुअल कार्यक्रमको संयोजन सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले गरेका थिए । नेपालका तर्फबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता नारायण खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायत नेता सहभागी थिए । एक पार्टीबाट एकभन्दा बढी नेता पनि सहभागी थिए ।
भूराजनीतिविज्ञ श्रीधर खत्रीले नेपालको राजनीतिक अवस्थामा परिवर्तन आएपछि सबै पक्षसँग सहकार्य गरेर जानुपर्छ भन्ने निष्कर्षमा पुगेको यो छलफलबाट अनुमान गर्न सकिने बताए । उनका अनुसार पञ्चायतका बेला राजासँग सहकार्य गरेको चीनले २०४६ सालमा प्रजातन्त्र आएपछि पनि संवैधानिक राजतन्त्रलाई नै आफ्नो नजिकको मित्र मानेको थियो । ‘राजतन्त्र गएपछि पहिलो पटक नेपालमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा बनेपछि चीनले उसैसँग सहकार्य गरेको थियो । विवादले नेकपा नै एक नरहेपछि नेपालका सबै स्टेकहोल्डरसँग सहकार्य गर्न खोजेको देखिन्छ,’ खत्रीले थपे ।
पछिल्ला दुई वर्षमा चीनको कम्युनिस्ट पार्टीले आफ्नो अन्तर्राष्ट्रिय विभागमार्फत तत्कालीन नेकपासँग मात्रै पटक–पटक कार्यक्रम गरेको थियो । २०७६ असोज ६ र ७ गते काठमाडौंमा सी चिनफिङ विचारधारामाथि सीपीसी र नेकपाबीच छलफल भएको थियो, जसमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओलगायत सहभागी थिए ।
सोही कार्यक्रममा तत्कालीन नेकपाका विदेश विभाग प्रमुख नेपाल र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङले दुई पार्टीबीच भ्रातृ सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । यस्तै, २०७७ असारमा सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको संयुक्त आयोजनामा पार्टी र देश सञ्चालनका विषयमा अनुभव आदानप्रदान गर्न उच्च पदाधिकारीबीच भर्चुअल गोष्ठी भएको थियो । त्यसमा तत्कालीन नेकपाका अध्यक्षका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए । ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
