- Loading...
कोरोनाबाट आईतवार वृद्धको मृत्यु, तीन हप्तामा ७ जनाको ज्यान गयो
- पुनहिल डट कम
- ३ साल अघि
- २७३ पटक पढिएको

आईतवार एक बृद्धको कोरोनाबाट मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका, २ ठूलोवगरमा नारायण मन्दीरको आश्रममा बस्दै आएका ताप्लेलुङ्गको साविक चाक्सीवोटे गाविस, ६ घर भएका अन्दाजी ७२ बर्षिय बृद्ध रघुनाथ पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आईतवार अन्नपूर्ण गापा, ६ रातोपानी स्थित तातोपानीको धारामा नुहउँदै गर्दा ढलेको बृद्धको अन्नपूर्ण गापाका स्वास्थ्यकर्मीले एन्टिजीन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । स्वासप्रश्वासमा समस्या भएका बृद्धको लगत्तै थप उपचारकालागी बेनी अस्पताल पुऱ्याई अक्सिजन दिन खोज्दा मृत्यु भएको थियो ।
त्यसैगरी मालिका गाउँपालिका, ५ का ५८ बर्षिय पुरुषको शनिवार मणीपाल शिक्षण अस्पतालमा कोरोना संक्रमण भै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । घरमा विरामी भै अस्पताल पुर्याईएका ति पुरुषको अस्पतालमै कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार वैशाख महिनाको पछिल्लो तीन हप्तामा बेनी नगरपालिकाका २ जना, रघुगंगा गापाका २ जना, धवलागिरी, मालिका र अन्नपूर्ण गापाका १–१ जनागरी ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
