FLASH NEWS
- Loading...
ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीमा एकको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- २०० पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।
सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । उनीहरु बालुवा लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
