- Loading...
उच्च संक्रमण दर भएको मुलुकमा नेपाल, दैनिक १ लाख ९३ हजार थपिने आँकलन
- पुनहिल डट कम
- ३ साल अघि
- १७३ पटक पढिएको

यतीबेला नेपाल कोरोना संक्रमण फैलने विश्वकै उच्च दर भएको मुलुकमा परेको छ । स्वास्थ्य मन्त्रालयको आंकडाअनुसार नेपालमा कोरोना संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको छ । त्यसैगरी मृत्युको दर पनि नेपालमा बढेको छ ।
नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको इपीडीमीयोलोजिस्ट डा. अर्पणा श्रेष्ठले जानकारी दिइन् । यदि यसलाई नरोक्ने हो भने एक महिनाभित्रै दैनिक १ लाख ९३ हजार संक्रमित नेपालमा बढ्ने आँकलन गरिएको छ । यही गतिमा संक्रमण बढे दैनिक डेढ सयको संख्यामा नेपालमा कोरोनाबाट मृत्यु हुने दाबीसमेत गरिएको छ ।
हाल ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा काठमाडौं उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । त्यस्तै, २ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु रहेका जिल्लाहरुमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर रहेका छन् ।
देशभर संक्रमणमुक्त हुनेको दर घटेर ८९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्या बढेर ३० हजार २ सय ९ पुगेको छ । बुधबार ७ सय ७३ जनामात्र संक्रमणमुक्त भएका छन् । हाल ३ सय १७ जना आईसीयूमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् । अहिले बढेको कोरोनाको दोस्रो लहरका कारण संक्रमितको २० प्रतिशत सम्मलाई अक्सिजन चाहिन सक्ने र केहीलाई भेन्टिलेटरमा रहनुपर्ने पनि बताइएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा करिब ५ हजार कोरोना संक्रमणका केस पुष्टि भएका छन्। १३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
