- Loading...
म्याग्दीका एक बृद्धसमेत गण्डकीमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- २८६ पटक पढिएको

गण्डकीमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, म्याग्दी र स्याङजाका १/१ जना छन् । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा मृत्यु हुनेमा म्याग्दी, रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुषकाे मेडिप्लस अस्पतालमा उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियाे ।
कोरोनाबाट सोमबारमात्रै कास्कीका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ का ९१ वर्षीय पुरुष र पोखरा १ का ५५ वर्षीय महिला छन् । त्यस्तै स्याङजा वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा सोमबार मृत्यु भएको निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनलाई बैशाख ११ गतेमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
१०१ संक्रमित थपिए
गण्डकीमा सोमबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, लाइफ केयर डायग्नोस्टिक प्रालि, मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् ।
प्रदेश स्वास्थ्य निदेशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीकामात्रै ६९ जना छन् । नवलपरासी पूर्वका १२ जना, पर्वतका ५, तनहुँ ५, म्याग्दी ५, स्याङजा ३, लमजुङ २ र छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ८३८ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय १५ छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
