- Loading...
सेलिब्रेटीहरूलाई पनि गाँज्यो कोरोनाले
- पुनहिल डट कम
- ३ साल अघि
- १५३ पटक पढिएको

भर्खरै लाखौं उपस्थित भारतको कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तीलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबार स्वाब दिएका उनीहरू दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो । पत्नी कोमल शाहसहित संक्रमित भएपछि आफूहरू अहिले होम आइसोलेसनमा बसेको तथा आफ्नो सम्पर्कमा आएका सबैले कोरोना टेष्ट गर्न अनुरोध पनि ज्ञानेन्द्रले गरेका थिए ।
पत्नी कोमल शाहसहित संक्रमित भएपछि आफूहरू अहिले होम आइसोलेसनमा बसेको तथा आफूहरूको सम्पर्कमा आएका सबैले कोरोना टेष्ट गर्न अनुरोध पनि ज्ञानेन्द्रले प्रेस विज्ञप्तीमा जनाएका थिए ।
त्यस्तै बैशाख ७ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो ७१औं जन्मदिन मनाए । तर, जन्मदिनको नमीठो उपहार आइलाग्यो । उनीसहित उनको सपरिवारलाई कोरोना पोजेटिभ भएको रिपोर्ट त्यही दिन आयो । सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्ती हुने रहेछ । त्यसैले, यसलाई खेलाँची नगर्नु होला, जति सकिन्छ कोरोनाबाट शतर्क रहनु होला ।’
मदनकृष्ण सपरिवार अहिले होम आइसोलेसनमा बसेका छन् । उनीजस्तै अन्य नेपाली सेलीब्रेटीहरूलाई पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोनाको पहिलो लहरबाट पनि थुप्रै सेलिब्रेटीहरू प्रभावित भएका थिए । अहिले फेरि कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको बेला नेपाली सेलीब्रेटीहरू क–कसलाई कोरोना पोजेटिभ देखियो त ?
कमेडी च्याम्पियन २ की प्रतियोगी श्रेया सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी कमेडी च्याम्पियनकी टप १० प्रतियोगी हुन् । उनलाई कोरोना भएपछि एक साताको लागि कार्यक्रमको छायाङ्कन कार्य रोकिएको छ ।
सोमबार राती श्रेयालाई कोरोना पोजेटिभ देखिएपछि कमेडी च्याम्पियनका अन्य सदस्यहरूले पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले एक साताको लागि कार्यक्रमको छायाङ्कन रोकिएको छ । कमेडी च्याम्पियनका सबै सदस्यहरू अहिले रिपोर्टको प्रतिक्षामा छन् ।
वरिष्ठ हास्य कलाकार श्रेष्ठको सपरिवारलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएकी नायिका करिष्मा मानन्धर होम आइसोलेसनमा बसेकी छन् । उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकाले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेकी छु । सम्पूर्णको शीघ्र स्वस्थ्य लाभको कामना गर्दछु ।’ उनले अरुलाई दिनहुँ दुई पटक बाफ लिन र सम्पूर्ण सुरक्षा विधि अनिवार्य रूपमा अपनाउन अनुरोध समेत गरेकी छन् ।
नायिका मानन्धरले केकी अधिकारीलाई पनि कोरोना भएको भने पनि केकी आफैले भने केही खुलाएकी छैनन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
