FLASH NEWS
- Loading...
नेपालमा एकैदिन १९३ बालबालिकामा कोरोना संक्रमण
- पुनहिल डट कम
- ३ साल अघि
- ११० पटक पढिएको
नेपालमा पछिल्लो चौबिस घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जारी गरेको विवरण अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् । हिजो (शोमवार) ९८ जनामा देखिएको थियो भने आज बढेर १९३ पगेको छ ।
आज देशभर ८ हजार ५५ पीसीआर परीक्षणमा १ हजार ६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १ हजार ७३६ जनामा संक्रमण देखिएको छ । यही अवधीमा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने थप ११ जनाको मृत्यु भएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३ हजार १०२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस