- Loading...
कोरोनाले बजायो खतराको घण्टी: नेपालमा एकैदिन १३ को मृत्यु, संक्रमणदर ११% माथि
- पुनहिल डट कम
- ४ साल अघि
- १८८ पटक पढिएको

संक्रमणदर ११ प्रतिशत माथि पुगेसँगै नेपालमा कोरोना संक्रमितको संख्या धेरै समयपछि ह्वात्तै बढेको छ ।
गत २४ घण्टामा नेपालमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा १३ संक्रमितको मृत्यु भएको छ । एकैदिन ५५९ व्यक्ति संक्रमित हुनु र १३ जनाको मृत्यु हुने अवस्था आउनुलाई खतराको संकेतको रुपमा लिइएको छ ।
सरकारले २४ घण्टामा ४३७८ जनाको पीसीआर परीक्षण र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा कुल ५५९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डौका १५९ जना रहेका छन् । यस्तै, ललितपुरका ४४ जना, बाँकेका ४१ जनामा समेत संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३८ संक्रमित निको भएर घर फर्किएका छन् ।
सोमबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । यसमध्ये २ लाख ७४ हजार १६५ निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।
कुल मृतकको संख्या ३ हजार ५३ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर बढेर १.०९ प्रतिशत पुगिसकेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
