- Loading...
पत्रकार महासघ म्याग्दीको अध्यक्षमा प्रेस चाैतारीका प्रकाश पौडेल विजयी
- पुनहिल डट कम
- ४ साल अघि
- ४१८ पटक पढिएको

नेपाल पत्रकार महासघ म्याग्दी शाखाको २६ औं अधिवेशनबाट प्रेस चौतारीका प्रकाश पौडेल ३० मतसहित विजय भएका छन ।
उनका निकटतम प्रतिद्धन्द्धी संयुक्त प्यानलका ठाकुर आचार्यले २७ मत प्राप्त गरे । अध्यक्षयमा एक मत वदर भएकाे छ । ६२ मतदाता मध्य ५८ मत खसेको थियाे ।
त्यसैगरी महिला उपाध्यक्षमा प्रेस चौतारीका रुद्रकुमारी खत्री, र संयुक्त प्यानलका हरीकृष्ण गौतम, सचिवमा प्यानलका सन्तोष गौतम, सहसचिवमा चौतारीका प्रमोद शर्मा र प्यानलका साधन राम्जाली विजयी भएका छन । कोषध्यक्षमा चौतारीका दलबहादुर (अमित) विक निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा प्यानलका पदम विश्वकर्मा, कमल खत्री, सन्दीप खत्री र चौतारीका सन्दीप शर्मा रिजाल, अमृत बास्कुने, कृष्ण जिसी र नजराना सिं ठकुरी विजयी भएका छन । विजयी उम्मेदवारहरुमध्य ३३ भोट सहति लोकप्रीय मत प्राप्त गरेका छन ।
पत्रकार महासघ म्याग्दी शाखाको २६ औं अधिवशनमा प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस चौतारी विरुद्ध नेपाली कााग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र एमाले माधव समुह निकट पत्रकारको संयुक्त प्यानल वीच प्रतिस्पर्धा भएको थियो ।
घोषित निर्वाचन परिणाम अनुसार अध्यक्ष, एक उपाध्यक्ष, कोषाध्यक्ष सहित एमाले निकट प्रेस चौतारीले ८ पदमा विजयी भएको छ । प्रेस युनियनले एउटा उपाध्यक्षमा विजयी भएको छ । प्रेस संगठनले सचिव, ३ सदस्य र एक केन्द्रीय प्रतिनिधी समेत ४ पदसहित सतप्रतिशत सदस्यहरु विजयी गराएको छ । गठवन्धनमा सवैभन्दाबढी सदस्य भएको प्रेस युनियनलाई एक सिटमा र बराबरी हैसिएतको माधव नेपाल निकट पत्रकारलाई शुन्य हैसियतमा सिमित पारेर माओवादी केन्द्र निकट प्रेस संगठनबढी चतुर देखिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
