- Loading...
म्याग्दीमा पनि विश्व क्षयरोग दिवस मनाइयाे
- पुनहिल डट कम
- ४ साल अघि
- ४३१ पटक पढिएको

‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो वर्ष मार्च २४ गते अर्थात अाज म्याग्दीमा पनि विश्व क्षयरोग दिवस मनाइयाे ।
स्वास्थ्य कार्यालय बेनीकाे तथ्याङ्क अनुसार म्याग्दीमा २४ जना क्षयराेगीकाे अाैषधी सेवन मार्फत उपचार भैरहेकाे छ । म्याग्दीमा याे वर्षाकाे पहिलाे ९ महिनामा सवैभन्दा बढी बेनी नगरपालिकामा ११ जना नयाँ क्षयराेगी भेटिएका छन । क्षयराेगी रहेका घरमा ५ बर्षमुनीका बालबालिका रहेका रहेछन भने ति बालबालिकालाइ क्षयराेग सर्नबाट बचाउन प्रिभेन्टिभ अवस्थामै उपचार पनि गर्न थालिएकाे स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।
क्षयरोगका बिरामीहरुलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नु पर्ने भएकाले धेरै बिरामी औषधि नियमित सेवन गर्दैनन् । यो सहज बनाउन बिरामीको घरमै औषधि खुवाउन समुदायमा आधारित क्षयरोग उपचार व्यवस्थापन कार्यक्रमको मूल्यांकन गरी आगामी ५ वर्षभित्र नेपालका सबै जिल्लामा उक्त कार्यक्रमा विस्तार गरिने कार्यालयले जनाएकाे छ ।
बेनी अस्पतालका प्रमुख डाक्टर जीतेन्द्र कडेलका अनुसार सामान्यतया २ हप्ताबढ समय खाेकी लाग्याे र ब्यक्ति दुब्लाउदै गए फाेक्साेकाे क्षयराेग लागेका ठानियपनि क्षयराेग छाला अान्द्रा वा अन्य शरिरका अङ्गमा पनि टिवी अर्थात क्षयराेग लाग्न सक्छ । लगातार लामाे खाेकी लागेपछि मात्र हाेइन अस्वभाविक दुब्लाउने भाेक नलाग्ने वेलुका ज्वराे अाउने जस्ता लक्ष्यणमा पनि परिक्षण गर्नु पर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
