FLASH NEWS
  • Loading...

एमालेले पार्टीको नाम फेर्‍यो अव जनता जनवादी पार्टी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५० पटक पढिएको
एमालेले पार्टीको नाम फेर्‍यो अव जनता जनवादी पार्टी

सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले पार्टीको नाम परिवर्तन गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दलको नाम नेपालीमा जनता जनवादी पार्टी (जजपा) र अंग्रेजीमा पिपुल्स डेमोक्रेटिक पार्टी नेपाल (पिडिपी) राखिएको उनले जानकारी दिएकी छिन्।

नेकपा नाम विवादमा सर्वोच्च अदालतले फागुन २३ गते फैसला सुनाउँदै एमाले र माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काएको थियो।

आयोगले नाम परिवर्तनका लागि आग्रह गर्दै फागुन २५ गते तिवारी नेतृत्वको एमालेलाई पत्राचार गरेको थियो। आयोगको आग्रहसहितको पत्रअनुसार नाम परिवर्तन गर्ने निर्णय भएको अध्यक्ष तिवारीले बताएकी छिन्। पार्टीको नाम परिवर्तन गर्न तिवारीले आयोगमा निवेदन दर्ता गराएकी छिन्।