FLASH NEWS
  • Loading...

तीन महिनापछि खुल्यो पार्टी कार्लालयको ताला, झुण्डाईयो नेकपा एमालेको वोर्ड

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१३ पटक पढिएको
तीन महिनापछि खुल्यो पार्टी कार्लालयको ताला, झुण्डाईयो नेकपा एमालेको वोर्ड

(नेकपा) ओली र दहाल–नेपाल समुहले प्रयोग गर्दै आएको बेनी नगरपालिका, २ हाँडेभिर स्थित जिल्ला पार्टी कार्यालयमा लागेको ताला मंगलवार खोलिएको छ ।
मंगलावार साविक एमाले अध्यक्ष हरीकृष्ण श्रेष्ठले पार्टी कार्यालयको गेट र मुख्य ढोकामा लगाएको ताला खोलेर अध्यक्षको कुर्सीमा बसेका थिए । त्यसपछि युवा विद्यार्थीहरुले उक्त भवनमा रहेको नेकपाको वोर्ड हटाएर नेकपा एमालेको बोर्डसँगै अध्यक्ष एवं प्रधानमन्त्रीको पूर्णकदलको वोर्ड टाँसेका थिए ।


दुई समुह विच झडप हुने जोखिमबढेसँगै पुस १० गतेदेखी सहमतिमा पार्टी कार्यालय बन्द गरी दुवै समुहले बाहिर भेला बैठक गर्दै आएका थिए । साविक एमालेको नाममा रहेको उक्त कार्यालय नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको (नेकपा)ले प्रयोग गर्दै आएको थियो ।
‘आफ्नै कार्यालय पनि बल्न खोल्ने अवसर प्राप्त भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताएसँगै पार्टी एकतापछि गुमेको एमाले अध्यक्षको पदको विरासत पनि फर्केको छ’ एमाले अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘हिजोको तितामिठा सम्बन्धलाई विर्सेर सवैले एमालेको साखलाई पुर्नगठन आवश्यक छ । अखिर राजनितीमा स्थाई सत्रु र मित्रु हुँदैन भन्ने भनाई नै छ ।’


बेनी नगरपालिका, २ हाँडेभिरमा नेकपाको दुई तल्ले भवन रहेको छ । मालपोत कार्यालयको अभिलेख अनुसार एमालेको उक्त कार्यालय भवन रहेको ८ आना जग्गा सहिद स्मृति प्रतिष्ठानको नाममा र बाँकी सडक तर्फको खाली ४ आना जग्गा नेकपा एमालेको नाममा रजिष्ट्ेरसन पास भएको छ ।
त्यसैगरी नेकपा म्याग्दीको भवन निर्माण गर्न बेनीको एक बचत तथा ऋण सहकारीबाट लिएको ४० लाखबढी ऋण दायित्व रहेको छ । उक्त रिऋ जमानी बसेका नाम नखुलाईएका दुई जना नेता ओली र दहाल–नेपाल समुहमा बाँडिएका थिए ।