FLASH NEWS
  • Loading...

योजना निर्माणले धमाधम गतिलिँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१६ पटक पढिएको
योजना निर्माणले धमाधम गतिलिँदै

विभिन्न वाहनामा संघ र प्रदेश र साझेदारीका जिल्लाका ठूला र महत्वपूर्ण योजना अलपत्र छोडेका ठेकदारहरु स्थानीय तथा प्रशासनको दवावपछि काममा फर्केन थालेका छन । दुई वर्ष अघि नै निर्माण सम्पन्न भैसक्नु पर्ने कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक स्तरोन्तिको कामले बल्न गति लिन थालेको छ ।
हाल करिडोरको दोस्रो च्यानेजमा पर्ने सवै भन्दाबढी कठिन र बारम्बार पहिरोले दुख दिएको बेनी–जोमसोम खण्डको रुप्से–घाँसा खण्डको काप्रे भिरको बाटो फराकिलो बनाउन पहाडमा विष्फोटन गर्ने, रक कटिङ गर्ने काम भैरहेको छ । रुप्से छहरामा डार्भसनको काम भैरहेको छ ।
सडकको म्याग्दी खण्डमा पर्ने पहिलो च्यानेज गलेश्वर–तिप्ल्याङ २० किमी खण्ड भिर र बेगखोला पहिरोबाहेक अधिकांश सडकमा ग्राभेल विच्छाउन थालिएको छ । त्यसैगरी तिप्ल्याङ–तातोपानी खण्डमा पनि अक्करे भीरबाहेकको क्षेत्रमा ग्राभेल राख्न योग्य भएको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले जनाएको छ । कालीगण्डकी करिडोरको यो सडकको मुस्ताङ तर्फको अधिकांश खण्डमा भने ग्राभेल विछ्याउने काम भएको कालोपत्रे गर्न उपयुक्त तापक्रमको सहितको मौषम पर्खेको जनाएको छ ।
त्यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८.५ किमी सडकमा सव वेस/वेस र कालोपत्रे सडक स्तरमा बृद्धी गर्ने कामले पनि गति लिन थालेको छ ।
सडक स्तर उन्नत गर्न मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको हो । ०७५ मंसिरबाट सुरु भएको सडकको स्तरवृद्धी कार्यक्रम ०७८ पुसमा सक्ने लक्ष्य रहेको छ
सडकको पहिलो १२ किमी खण्डमा अहिले धमाधम सडक चौडा बनाउने र वेस, सव वेस र ग्राभेल विछ्याउने काम भैरहेको ठेकेदार कम्पनीका मोतिदान/जयमाता जेभीका गौतम भुषालले बताएका छन । ठेकदार गौतमका अनुसार माथिल्लो खिवाङ–चित्रे खण्डमा अधिक चिसो भएकोले गर्मी बढेपछि चैत १५ बाट काम थालिने छ ।
एक वर्ष अघि नै निर्माण सम्पन्न भै सक्नु पर्ने बेनी–दरवाङ २४ किमी सडक स्तरउन्नत गर्ने कामले केही गति लिन थालेको छ । ७ मिटर चौडा ग्राभेड सडकलाई ९ मिटर चौडाई बनाई ग्राभिटी स्तरको पीच गर्न लागिएको हो ।
प्रतिनिधी सभाका साँसद संञ्चालक रहेको लामासमान्तर जेभीले सडक अलपत्र पारेको कान्तिपुर समेत मिडियामा समाचार प्रकाशित भएको र जिल्लावासीको दवाव पछि ठेकेदार पििछल्ला केही महिनादेखी कार्यस्थलमा परिचालित भएका हुन ।
‘जिल्लाका मुख्य योजनाहरुले केही गति लिएको देखिएको छ । केही योजनाका ठेकदारलाई खोज्ने र काममा फर्काउने प्रयास थालेका छौं’ जिल्ला समन्वय प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘हामीसँग दरवन्दी अनुसारका प्राविधिक कर्मचारी नभएकोले अनुगमन अझै प्रभावकारी बनाउन सकिएको छैन ।’
सडक खण्डमा पर्ने विभिन्न नदी, खोला र खोल्सीहरुले छुट्याएका वस्तीलाई मोटरवाटोले जोड्न ति नदी/खोलामाथी मोटरेवल पुलहरु पनि धमाधम निर्माण भैरहेका छन । बेनी–जोमसोम–कोरोला सडक अन्र्तगत म्याग्दी खण्डका बेनी नगरपालिका–रघुगंगा गाउँपालिका जोड्ने राहुघाट खोलामाथी निर्माणाधिन गलेश्वर पुल, रघुगंगा–अन्नपूर्ण गापा जोड्ने कालीगण्डकी नदी माथी निर्माणाधिन तिप्ल्याङ पुल र अन्नपूर्ण गापाको पोखरे–तातोपानी जोड्न कालीगण्डकी माथी बन्दै गरेको पोखरे मोटरपुल चालु बर्ष भित्रै संञ्चालनमा आउने गरी अन्तिम चरणमा छन ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरोला सडकमा मात्र होईन, संघ र प्रदेशको बजेटबाट जिल्लाका विभिन्न वस्ती र गाउँपालिका मुकाम जोड्ने १३ वटा पक्की मोटरेवल पुलको निर्माण पनि धमाधम भैरहेका छन ।
भौतिक पूर्वाधार विकास कार्यालय मार्फत संघका १० वटा, गण्डकी प्रदेश सरकारको २ वटा र राष्ट्रिय पुननिर्माण प्राधिकरणले एउटा पुल निर्माण गररहेको छ । मालिका गाउँपालिका दरवाङ जोड्ने छ्यारछ्यारेको म्याग्दीखोला पुल, अन्नपूर्ण गापाको ७ र ८ वडा जोड्ने संसारेखोला पुल, धौलागिरी गाउँपालिकाको म्याग्दी खोलामा निर्माणाधिन अर्कला पुल अन्तिम चरणमा छन ।
त्यस्तै मंगला गाउँपालिका केन्द्र बाबियाचौर र बाग्लुङ जिल्लाको ताराखोला जोड्ने म्याग्दीखोला पुल, बेनी नगरपालका र मंगला गापा जोड्न म्याग्दीखोलामा निर्माणाधिन फपरखेत मोटरेवल पुल पनि चालु आवमै निर्मण पुरा हुने भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्तोष पोख्रेलले बताए । इन्जिनियर पोख्रेलका अनुसार बाँकी ७ वटा पुल भने अर्को बर्ष भित्र सम्पन्न गर्नेगरी धमाधम निर्माणाधिन छन ।
सडक र पुल मात्र होईन, मालिका गाउँपालिका, ६ रातोढुङ्गा (दरवाङ्ग)मा तीन वर्ष अघि नै निर्माण सम्पन्न भैसक्नु पर्ने ३३/११ केभि सवस्टेसनले पनि यो वर्षदेखी गति लिएको छ ।
विधुत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालय टेकु अन्र्तगतको विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले सन् २०१८ डिसेम्बर भित्र सम्पन्न गर्नेगरी राकेश अग्रवाल संञ्चालक रहेको ए टु जेड इन्जिनियरिङलाई सन २०१६ मा ठेक्का दिएको थियो ।
स्थानीय जनप्रतिनिधी र प्रशासनले समेत पत्ता लगाउन नसकेको ठेकेदार समेत योजनाको विस्तृत विवरण कान्तिपुरमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले ‘तत्काल काममा नफर्के पक्राउ गर्ने’ ब्यहोराको पत्र लेखेपछि ठेकेदार उखु कृषकलाई भुक्तानी नदिए विवादमा तानिएका अग्रवालको एटुजेड इन्जिनियरिङ काममा फर्केको हो ।
‘रातोढुङ्गा सवस्टेसनका ठेकेदार समेत जिल्लाका विभिन्न आधा दर्जन ठेकेदारलाई पक्राउ गर्ने चेतावनीसहित पत्र लेखेर काममा फकाईएको हो । अहिले सन्तोषजनक काम भएको छ’ काठमाण्डौ जिल्ला प्रशासनका सरुवा भै जाँदाजाँदै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘धेरै योजना र अटेर गर्ने ठेकदारलाई ट्याकमा ल्याउन सकेपनि नेपाल निर्माण ब्यवसायी संघका केन्द्रीय अध्यक्ष, महासचिव रहेका बेनी अस्पताल भवन ठेकदारलाई ल्याउन बाँकी रह्यो ।’
आयोजनाका अनुसार सवस्टेसनको सिभिल तर्फ कन्ट्रोल विल्डिङ, स्टाफ विल्डिङ र स्वीचार्ड गरी तीन संरचना तथा इलेक्ट्रिक तर्फ पर्वत जललजा गापाको मिलनचोक सवस्टेसनबाट बेनी पश्चिम २२ किमी लामो ११ केभिए प्रशारण लाईन, उपकरण जडान तथा मालिका गापाको रुम, देविस्थान समेत २५ किमीबढी वितरण लाईन एवं १२ वटा ११ केभीए क्षमताका ट्रान्सफर्मर जडान गर्ने गरी एटुजेडले ८ करोडमा ठेक्का लिएको हो ।