- Loading...
निष्ठाको राजनिती गरेका वौद्धिक नेता खड्काको निधन
- पुनहिल डट कम
- ४ साल अघि
- ४१३ पटक पढिएको

नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काको ८० बर्षको उमेरमा निधन भएको छ ।
बेनी नगरपालिका, ७ संगमचोक निवासी डा. खड्काको मंगलवार विहान काठमाण्डौ छाउनी स्थित सैनिक अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो । मुटु रोगको औषधी नियमित सेवन गरिरहेका डा खड्का आईतवार विहान अकस्मात विरामी भएपछि हेलिकोप्टरबाट अस्पताल पुर्याईएको थियो ।
साविक अथुङ्गे गाउँपञ्चायतको २ पटक प्रधानपञ्च भएको खड्का २०३६ सालको जनमत संग्रहदेखी खुलेर काँग्रेसको राजतिनीमा सकृय भएका थिए । २०३६ सालको फागुनमा काँग्रेस नेता गणेशमान सिंह म्याग्दी आई डा. खड्काको घरमा बास बसेपछि पञ्चायत समर्थकहरुले उनको घरमा आक्रमण गरेका थिए । ०३७ सालमा डा. खड्का, पत्नी मनोरमा मल्ल खड्का समेतलाई सार्वजनिक अपराधका मुद्धा लगाई केही समय थुनामा राखिएको थियो ।
पञ्चायत कालमा जनपक्षिय उम्मेदवारको रुपमा २०४३ सालमा राष्ट्रिय पञ्चायत र बहुदलपछि ०४८ सालमा काँग्रेसबाट प्रतिनिधी सभा सदस्यमा चुनाव लडेपनि विजय प्राप्त गर्न सकेनन । डा. भुपेन्द्रबहादुर खड्कालाइ काँग्रेसजनले मात्र जिल्लामा निष्ठाको राजनिती गर्ने वौद्धिक, शालिन नेताको रुपमा गनिन्थे ।
डा खड्का नेपाली काँग्रेस म्याग्दीको ०५७ मंसिर १३ को तेस्रो र २०६१ साल माघ २७ गतेसम्पन्न चौंथो अधिवेशनबाट गरी दुई कार्यकाल निर्विरोध सभापति निर्वाचित भएका थिए । म्याग्दी काँग्रेसले खड्कालाई वरिष्ठ नेताको रुपमा सम्मान गर्दै आएको थियो ।
बाग्लुङ बजारमा विस १९९८ साल साउन २० गते जन्मेका खड्काको प्रारम्भीक शिक्षा बाग्लुङ वजारस्थित विद्यामन्दीर हाई स्कुलबाट सुरु भएको हो । खड्काले भारतको हलकत्ता विश्वविद्यालयबाट डिएमएस, विए, विएलसम्मको अध्ययन गरेका थिए ।
युवा अवस्थामा अविवाहित रहँदै खड्काले २०२२ सालमा पुख्यौली थलो छोडेर म्याग्दी सदरमुकाम रहेको बेनी बजारमा बसाई सराई गरेका थिए । खड्काको विवाह भने पर्वतको माझफाँट मल्लाजका मल्ल ठकुरी परिवारकी मनोरमा मल्लसँग भएको थियो । खड्काका एक छोरा एक छोरी छन । छोरा हिंमाशु खड्का नेपाली सेनामा सहायक रथी पदमा कार्यरत छन ।
२०२५ सालदेखी हालकै बेनीको संगमचोक स्थित घरमा औषधी पसल ‘फार्मेसी’ तथा कानुनी सेवा ‘ल फर्म’ खोलेर चिकित्सा सेवा र कानुनी सेवा सँगसँगै चलाएका थिए । डा. खड्का साहित्यप्रेमी पनि थिए । खड्काकै अगुवाईमा २०२५ सालमा बेनीमा म्याग्दी पुस्तकालय स्थापना भएको थियो । पुस्तकालय मार्फत विभिन्न साहित्यीक कृतिहरु प्रकाशत भएका थिए । त्यसवाहेक जिल्लामै उच्च शिक्षा प्रदान गर्ने पहिलो म्याग्दी क्याम्पस स्थापना गर्नेमध्यका एक थिए । खड्का म्याग्दी क्याम्पस संञ्चालक समितिमा पनि लामो समय नेतृत्व गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
