FLASH NEWS
  • Loading...

फैसलाविरुद्ध प्रचण्ड-माधव पक्षले पुनरावलोकन निवेदन दिने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८२ पटक पढिएको
फैसलाविरुद्ध प्रचण्ड-माधव पक्षले पुनरावलोकन निवेदन दिने

प्रचण्ड–नेपाल पक्षका सांसद तथा प्रमुख सचेतक देवप्रसाद गुरूङले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिने भएको बताएका छन्।

फैसलाप्रति असहमति भएकोले पुनरावलोकन निवेदन दिने गुरूङले बताए। तर कहिले भन्ने उनले खुलाएनन्। “हिजो सर्वोच्च अदालतबाट भएको फैसलाप्रति हाम्रो सहमति छैन र पुनरावलोकनका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्ने सोचमा छौं”, गुरूङले बताए।

सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै उक्त पार्टीको आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको छ। यी दुई दलको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। तर सर्वोच्चले उक्त नामको आधिकारिता कट्टेललाई दिएपछि हाल ओली र प्रचण्ड दलबिहीन भएका छन्।

सर्वोच्चको यही फैसलालाई प्रचण्डले असहमति जनाएका छन्। आज बिहान ११ बजे सोही विषयमा छलफल गर्न स्थायी कमिटी बैठक पनि प्रचण्डले बोलाएका छन्। ओलीले भने सर्वोच्चको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन्।