FLASH NEWS
  • Loading...

किर्ते शिफारिस गरेको आरोपमा वडाध्यक्ष र सचिव पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५२ पटक पढिएको
किर्ते शिफारिस गरेको आरोपमा वडाध्यक्ष र सचिव पक्राउ

आफन्तको छोरीलाई नाम र उमेर सच्चाई आफ्नो छोरी बनाई नावालक परिचय पत्र बनाउन खोज्नेलाई शिफारिस गरेको आरोपमा वडाध्यक्ष र सचिव पक्राउ परेका छन ।
किर्ते शिफारिस गर्ने धवलागिरी गाउँपालिका, ३ मुनाका वडाध्यक्ष पुर्म पुन र वडासचिव शिलु थापा मगरलाई बुधवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘झुटा विवरण राखी शिफारिस गरेको आशंकामा वडाध्यक्ष र वडासचिवलाई अनुसन्धानकालागी पक्राउ गरेका छौं’ प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘किर्ते शिफारिस गर्दा जानिवुझी आर्थिक लेनदेन वा अन्य सम्बन्ध बारे वा अन्जानमा शिफारिस भएको हो अनुसन्धान थालेका छौ ।’
जापानमा बस्दै आएका स्थानिय रेशम भण्डारीले नाताले एकाघर परिवार भित्र नातिनी पर्ने दिपक भण्डारीकी १५ बर्षिया छोरी दिवाको नावालक परिचय पत्र बनाउन खोजेका थिए । भण्डारीले पेश गरेका जन्मदर्ता समेत कागजपत्रमा शंकालागी बालिकालाई बाबुको नाम सोध्दा बाबुको नाम फरक भनेपछि नक्कली काम भैरहेको पत्ता लागेको थियो । एकाघरका नातिनी पर्ने बालिकालाई आफुसँगै जापान लैजाने प्रयोजनकालागी नक्कली बाबु बनेको आरोपितले स्वीकार गरेको प्रशासनले जनाएको छ । १६ बर्ष उमेर मुनीका ब्यक्ति विदेश जाँदा नावालक परिचय पत्र आवश्यक पर्छ ।
आफन्तको छोरीलाई आफ्नो छोरी भएको झुटा विवरण पेश गरी नावालक परिचय पत्र बनाउन खोजेको आरोपमा भण्डारी यस अघि नै पक्राउ परेका छन ।