FLASH NEWS
  • Loading...

म्याग्दीको रुमबाट ३३ किलो गाँजासहित दुई जना पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४५ पटक पढिएको
म्याग्दीको रुमबाट ३३ किलो गाँजासहित दुई जना पक्राउ

मालिका गाउँपालिका, २ भीरखर्धका २८ बर्षिय होमबहादर पुन र सोही गाउँपालिका, ३ पात्लेका ६३ बर्षिय हर्कबहादुर रोकालाई ठूलो परिणाममा लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार सुराकीको आधारमा फागुन १३ गते विहान होमबहादुर पुनलाई बाख्राको खोरमा लुकाई राखेको १२ केजी ८ सय ५० ग्राम लागुऔषध गाँजासहित र पुनकै बयानका आधारमा फागुन १७ गते साँझ सोही गापा, ३ पात्लेबाट भैसीगोठमा लुकाई राखेको २० केजी ९ सय ग्राम गाँजासहित ६३ बर्षिय हर्कबहादुर रोका पक्राउ परेका हुन ।
लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३को दफा १४ (घ) ्५ अनुसार १० केजीभन्दा माथी जतिसुकै भएपनि २ बर्षदेखी १० बर्ष कैद र १५ हजारदेखी १ लाखसम्म जरिवाना हुने ब्यवस्था भएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको बरामदी गाँजा मेशिनले मसिनो धुलो बनाई, प्यास्टिकका विभिन्न पोका–पोका बनाई ठूलो बोरामा राखेखिएको थियो । प्रहरीले गाँजा प्रशोधन गर्ने मेशिन, धुलो छान्ने सामाग्री, गाँजा प्याक गर्ने मोटरसाईकलका टुयाुव जस्ता प्लास्टिकको प्याकेट र रोलिङ पेपस रमेका सामाग्री पनि जफत भएको जनाएको छ ।
‘पेशेवर ब्यापारीको संलग्नतामा उपकरण नै प्रयोग गरी गाँजा/चरेसको उत्पादन तथा निकासी हुने गरेको देखिन्छ’ प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘पक्राउ परेका ब्यक्तिको ठूला ब्यापारीसम्म संलग्नताबारे लिङ्कको अनुसन्धान भैरहेको छ ।’
जिल्ला प्रहरीको अभिलेख अनुसार जिल्लामा गाँजा/चरेस उत्पादन तथा निकासी (तस्करी)का घट्ना मालिका गापाको रुम क्षेत्रमा भएका छन । यो क्षेत्र पञ्चायतकालदेखी नै गाँजा/चरेर तस्करीमा जोडिँदै आएका छ ।

पछिल्ला बर्षयता रुम गाउँमा जाँदा एक्लैदुक्लै हिंड्नु हुँदैन र साथमा रुमको केही भए पूर्ण विश्वास गर्नु हुँदैन भन्नेको संख्या बढ्दै गएको छ । रुममा अपराधिक गतिविधी बढी सार्वजनिक भएकोले बद्नाम बढेको हो ।