FLASH NEWS
  • Loading...

उडिमा कमिनी, लिस्मा पुन र दलबहादुर गर्वुजात्रयले गरे मौवाफाँट–दर्मिजा–चिमखोला–कुईनेमंगले सडक उदुघाटन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५४ पटक पढिएको
Post Thumbnail

 

रघुगंगा गाउँपालिका, ४ दग्नाम–दर्मिजा विचको डरलाग्दो झ्यान्द्राभीर (अजिङगर भीर) फोडेर ट्रयाक खुलेपछि दर्मिजामा आईतवार आयोजित एक कार्यक्रमविच स्थानीय वृद्धत्रय चिमखोलाकी एक सय बर्षिया लिस्मा पुन, दर्मिजाका ९६ बर्षिय दलबहादुर गर्वुजा र कुईनेमंगलेककी ९३ बर्षिया उडिमा कमिनिले संयुक्त उद्घाटन गरे ।
सत्तारुढ दल नेकपा भित्रको किचलो विच संघिय तथा प्रदेश सभासलाई प्रमुख अतिथि बनाउँदा आउन सक्ने विवाद छल्न स्थानीय सत्तारुढ काँग्रेस नेतृत्वको रघुगंगा गाउँपालिकाले स्थानीय बयोबृद्धहरुबाट उद्घाटन गर्ने विकल्प रोजेको हो । राहुघाट करिडोरमा पञ्चालयकाल देखी सवै भन्दा बढी राजनिती भएको दग्नाम–दर्मिजाको अजिङ्गर भीरमा ट्रयाक खुलेसँगै दर्मिजा, दर्मिजा, चिमखोला, मंगले, घ्याँसीखर्क गाउँपालका केन्द्र मौवाफाँट समेत सडक संञ्जालसँग जोडिएका छन ।

‘देशको फेरिएको राजनैतिक माहौल विच स्थानीय बृद्धबृद्धाबाट सडक उद्घाटन गराउनु उपयुक्त हुने ठानेका हौं’ रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘ठूलोकुरा रघुगंगा करिडोरका ८/१० हजार जनसंख्यालाई गाउँपालिका केन्द्र समेत जिल्ला सदरमुकामसँग सहज सडक पहुँच हुनु हो । स्थानीय गाउँपालिकाले संघ, प्रदेश र विभिन्न निकायको बजेटलाई समन्वय मात्र गरेको हो ।’
दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न हालसम्म १६ करोड ७९ लाख ९४ हजार दुई सय ९३ रुपैयाँ भु्क्तानी भै सकेको छ । दग्नाम–चिमखोला ४.८१ किमीमध्य ८ सय मिटर दग्नाम–दर्मिजा खण्डको अजिङ्गर भीर र ६ सय ३० मिटर दर्मिजा–चिमखोला खण्डको गोखोभीरको रक कटिङ् हो । बाँकी माटोमा डोजर लगाईएको मात्र हो ।
सुरुदेखी काम हेर्दै आएका रघुगंगा गाउँपालिकाका सव इन्जिनियर कमल चोखालका अनुसार दग्नाम–दर्मिजा–चिमखोला सडक खन्न आर्थिक वर्ष ०७४/०७५ देखी सडक विभागको लगानीमा चिमखोला–दर्मिजा–दग्नाम सडक खन्न थालिएको हो । यो सडक खन्न सडक विभागको २ करोड ७६ लाख ४९ हजार ५ सय २४ खर्च भएको छ । संघिय साँसद निर्वाचन क्षेत्र विकास कोषबाट २१ लाख ५७ हजारबढी खर्च भएको छ । माथिल्लो क्षेत्रमा जलविधुत आयोजना निर्माण गरिरहेका तुँदीपावर कम्पनी र संयुक्त प्रालिले अजिङ्गर भीरमा ट्याक खोल्न करिव ११ करोड खर्च गरेको दावी गरेका छन । विधुत कम्पनीहरुले दग्नाम–दर्मिजा–४.८१ किलोमिटर सडक खन्न राज्यले गरेको कुल खर्च भन्दा दोब्बर बढी खर्च दावी आफुहरु विना सडक खुल्ने थिएन झै दावी गरेका हुन ।
त्यसैगरी रघुगंगा गाउँपालिका वडा ४ दर्मिजाले २५ लाख, ७ चिमखोलाले ८० लाख र ८ कुईनेले ५० लाख रुपैयाँ खर्च गरेका छन । चालु आवमा सडक विभागको विनियोजित १ करोड ४० लाख बजेटबाट भने अझै काम भएको छैन ।
गाउँपालिका केन्द्र रहेको मौवाफाँट–दग्नाम खण्डको करिव ८ किमी सडक निर्माण गर्न हालसम्म कुन कुन निकायले कति बजेट खर्च गरे कसैले सार्वजनिक गरेका छैनन । साविक जिल्ला विकास समिति र स्थानीय दग्नाम गाविसको लगानीमा सडक खन्न थालिएको भएपनि हिसाव खोज्दा कतै पाउन सकिएन ।
‘दग्नाम–चिमखोला सडक खण्डमा पर्ने दुई वटा ठूला अक्करे भीरमा मोटर गुडाउन सकिएकोमा खुसी लागेको छ । साविक जिविसमा छदाँ नै सिनियर इन्जिनियरहरुले हरेस खाएर छोडेको जिम्मेवारी मैले सम्हालेको थिए, अक्करे पहरा फोडियो, गाडी गुड्यो । सडकबाट को कस्लाई के लाभ पुग्यो, पुग्दा मलाई सन्तुष्टी मिलेको छ’ सुरुदेखी काम हेर्दै आएका रघुगंगा गाउँपालिकाका सव इन्जिनियर कमल चोखालले भने, ‘छुट्टाछुट्टै निकायबाट आ–आफ्नो तरिकाले खर्च भएको छ । साविकका कार्यलयहरु पुनसंरचनासंगै यताउता परेको र अभिलेखहरु दुरुस्त पाईएको छैन । मैले जिम्मेवारी लिएपछिका सवै निकायबाट खर्च भएको हिसाव उपलब्ध छन ।’