FLASH NEWS
  • Loading...

सेती पहिरोको बगर नदीजन्य बस्तुको अवैध उत्खनन् गर्ने प्रहरीले नियन्त्रणमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११४ पटक पढिएको
सेती पहिरोको बगर नदीजन्य बस्तुको अवैध उत्खनन् गर्ने प्रहरीले नियन्त्रणमा

म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित सेती पहिरो छेउको बगर उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने साधनलाई नदीजन्य पदार्थसहित कालीगण्डकी नदी किनाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

वुधवार विहान प्रहरी घट्नास्थल पुगेर नदीको अवैध उत्खनन गरेको भन्दै प्रयोग भएको उपकरण नियन्त्रणमा लिएको थियो ।

गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक बिबिधतामा असर परेको छ ।

बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडक अन्तरगत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने सेती पहिरो छेउको बगर केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भैरहेको छ थियो ।

अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बगरमा उत्खनन् र निकासीका ठेक्का लिएको छ । नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बेनी नगरपालिकाले जनाएको छ ।

तस्वीर सौजन्य : कमल खत्री