- Loading...
बुवाको हत्या आरोपमा छोरा पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- २७७ पटक पढिएको

आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले पोखराबाट एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउँदुर स्थायी घरभई हाल पोखरा-३२ महकुना बस्ने ५८ वर्षीय जुमबहादुर कामीको हत्या आरोपमा छोरा ३४ वर्षीय रामकृष्ण कामीलाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । रामकृष्ण विरुद्ध जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान मुद्दा दर्तागरी अनुसन्धान अगाडि वढाइएको जानकारी प्रहरीले दिएको छ ।
फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए ।
बाबुको हत्यामा सम्लग्न रामकृष्णलाई पक्राउ गरी अनुसन्धान शुुरु गरिएको जानकारी प्रहरीले दिएको छ । हत्याको भोलिपल्ट बिहान घरको भर्याङमा लडी जुमबहादुरको मृत्यु भएको सूचना परिवारले प्रहरीलाई दिएपछि प्रहरी अनसन्धाको लागि घटनास्थल पुगेको थियो । अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको काठको चारपाटे ढोकामा लगाउने आग्लो बरामद गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
