FLASH NEWS
- Loading...
बाबियाचौर बजारमा सडक कालोपत्रे
- पुनहिल डट कम
- ३ साल अघि
- ९८ पटक पढिएको
|????????????????????????????????????
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपियाँ बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो । सदरमुकाम रहेको बेनी नगरक्षेत्र बाहेक गाउँपालिका भित्र कालोपत्रे गर्न लागिएको यो पहिलो सडक हो ।
गत बर्ष कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई म्याद थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले बताए । बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गरिने भएको छ ।
बेनी–जोमसोम–कोरला ४० किमी समेत जिल्लामा हालसम्म ८ सय ्५० किलोमिटर सडक मध्य बेनी नगरपालिका, १ रत्नेचौरको चार किमी समेत सदरमुकाम बेनी क्षेत्रमा जम्मा ७ किलोमिटर मात्र सडक कालोपत्रे रहेको छ ।
प्रतिक्रिया दिनुहोस