- Loading...
बानियाँलाई मदन पुरस्कार हस्तान्तरण
- पुनहिल डट कम
- ४ साल अघि
- ३११ पटक पढिएको

‘महारानी’ उपन्यासलाई दिइएको मदन पुरस्कार–२०७६ शनिबार लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरिएको छ । कोभिड–१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी नै थियो ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पोखरा आएर बानियाँलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । ‘महारानीलाई मदन पुरस्कारबाट सम्मानित गर्न सक्दा नेपाली समाज, इतिहास र भाषाका विविधता हेर्ने र बुझ्ने फरक आँखा भेट्टाएको अनुभव गरेका छौं,’ दीक्षितले भने, ‘एक ठाउँको राजनीति, इतिहास र आख्यान वा गैरआख्यान लेखनी भन्दा भिन्न रहेर फरक क्षेत्र, भाषा, इतिहास र संस्कृतिको विषयमा लेख्ने समय आएको छ ।’
कार्यक्रममा कवि तीर्थ श्रेष्ठको विद्वत प्रवचन पढेर सुनाइएको थियो । श्रेष्ठको प्रवचनमा पोखराको वर्णन गरिनुका साथै संस्कृति, पर्यटन, साहित्य, कला, संगीत, शिक्षा, स्वास्थ्य क्षेत्रबारे उल्लेख गरिएको थियो । पोखराले मोदी, मादी र आँधीभित्रको क्षेत्रलाई समेट्नुपर्ने श्रेष्ठले जनाए । यसैगरी भारतको सिलीगुडीमा जगदम्बा श्री पुरस्कार पनि शनिबारै शान्ति ठटाललाई अर्पण गरिएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ छ । source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
