- Loading...
रामकुमारी झाक्रीलाई राज्यविरुद्ध कसूरको दफा ५८ अनुसार पक्राउ पुर्जी, के छ दफा ५८ मा ?
- पुनहिल डट कम
- ४ साल अघि
- ३८५ पटक पढिएको

नेकपाको प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले पक्राउ पुर्जी दिएको छ।
राज्यविरुद्ध कसूरको दफा ५८ अनुसार प्रहरीले पक्राउ पुर्जी दिएको हो। अनेरास्ववियूकी नेतृ आरती लामाले महाशाखाले जारी गरेको पक्राउ पुर्जी पढेर सुनाएकी छिन्।
“राज्यविरुद्ध कसूरको दफा ५८ को कसूरमा अनुसन्धानको सिलसिलामा पक्राउ पुर्जी जारी गरिएको छ” महाशाखाले जारी गरेको पक्राउ पुर्जीमा भनिएको छ।
मुलुकी अपराध संहिताको तफा ५८ मा राष्ट्रपपति वा संसदलाई धम्की दिन नहुने कुरा उल्लेख छ ।
जसमा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन ।’
यस्तै यसको उपदफा १ मा सो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
यसअघि रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी नदिएको भन्दै गैरकानुनी गिरफ्तारी नदिने बताएकी थिइन्। बिहानै प्रहरी शंखमुलस्थित झाँक्रीको घर पक्राउ पुर्जी बिना पुगेको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
