FLASH NEWS
  • Loading...

बेनी खानेपानी संस्थाको अध्यक्षमा माधव रेग्मी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११७ पटक पढिएको
बेनी खानेपानी संस्थाको अध्यक्षमा माधव रेग्मी

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भएका छन ।
शनिवार सम्पन्न १० औं अधिवेशनबाट उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन । कोषाध्यक्षमा टंक हमाल दोहोरिएका छन । त्यसैगरी सदस्यहरुमा यज्जनलाल शाक्य, शुर्दशन कुमार श्रेष्ठ, पुष्पा थापा, दिलकुमारी पुन र सृजना श्रेष्ठ चयन भएको निर्वतमान अध्यक्ष शुवास श्रेष्ठले जानकारी दिए ।


अधिवेशनमा सचिव रमेश गिरी र कोषाध्यक्ष टंक हमालले प्रस्तुत गरेको बार्षिक तथा आर्थिक प्रतिवेदनहरु पनि पारित गरेको छ । बेनी खानेपानी उपभोक्ता संस्थालले आव ०७६/०७७ मा १ करोड १९ लाख ५३ हजार १ सय ९१ आम्दानी र १ करोड ४६ लाख ३८ हजार ९ सय ७६ खर्च गरेको छ । नगर विकास कोषलाई बार्षिक किस्ता तथा ब्याज वापत २३ लाख तिर्दै आएको छ ।
अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले अझै नगर विकास कोषलाई १ करोड ३८ लाख १ हजार ५ सय ५ रुपैयाँ ऋण तिर्न बाँकस् छ ।