- Loading...
म्याग्दीमा स्वास्थ्यकर्मी, बृद्धबृद्धा र कैदीवन्दी समेत ८ सय ९४ जनाले लगाए कोरोना विरुद्धको खोप
- पुनहिल डट कम
- ४ साल अघि
- १५३ पटक पढिएको

जिल्लामा कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा अग्रस्थानमा जुटेका स्वास्थ्यकर्मी, महिला स्वयं सेविका समेत ८ सय ९४ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख एक नारायण लम्साललका अनुसार बेनी नगरपालिका, ९ गलेश्वर स्थित बृद्धाश्रममा रहेका ५६ जना बृद्धबृद्धा, कारागार कार्यालय बेनीमा रहेका १ सय १८ जना कैदीवन्दीलाई पनि पहिलो चरणको कोरोना विरुद्धको खोप लगाईएको छ । जिल्लामा कोरोन विरुद्धको खोप लगाएका कसैलाई पनि तत्काल कुनै साईड इफेक्ट देखिएन ।
स्वास्थ्य कार्यालयका अनुसार लक्षित जनसंख्यामा समावेश ८६ जना गर्भवती र वच्चालाई स्तनपान गराई रहेका स्वास्थ्यकर्मी तथा महिला स्वयं सेविकालाई भने कोरोना विरुद्धको खोप लगाईएन ।
कोरोना विरुद्धको खोप लगाउन जिल्लाको सवै भन्दा दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जाबाट दुई दिन हिंडेरै स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरु सदरमुकाम आएका थिए ।
‘कोरोना महामारीको विच घर घर गएर सेवा दिनु पर्दा जोखिम थियो । कोरोना विरुद्धको खोप लगाएपछि सुरक्षित महशुस भएको छ’ धवलागिरी गापा, १ गुर्जाकी महिला स्वयं सेविका विष्णुमायाँ छन्त्यालले भनिन, ‘आजभोली पहिलो जस्तो कोरोना सचेतना छैन । कसैले पनि स्वास्थ्य साविधानी नअपनाउने हुँदा कोरोनाको त्रास पनि उच्च छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
