FLASH NEWS
  • Loading...

जग्गामा गाडी गुड्छन कर तिरेको तिऱ्यै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०३ पटक पढिएको
जग्गामा गाडी गुड्छन कर तिरेको तिऱ्यै

ब्यक्तिका खेतियोग्य जग्गामा सडक निर्माणपछि वषौंदेखी आफ्नै नभएपनि गाडी गुडिरहेका छन ।
सडकको नापी नक्सा अद्यावधी नहुँदा जग्गाधनीले सम्पत्ति तथा भुमि कर तिर्दै आएका छन । जग्गाधनीले जग्गाको वर्षौदेखी भोगचलन नगरेपनि महंगो एकिकृत सम्पत्रि कर तथा भुमिकर दोहोरो तिर्नु परेको गुनासोपछि बेनी नगरपालिका भित्रका मुख्य तीन वटा सडकले चर्चेका जग्गाको नापी सक्सा अद्यावधिक गराउने भएको छ । बेनी नगरपालिकाको आग्रहमा गण्डकी प्रदेश भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले सडकमा परेका ब्यक्तिगत जग्गाको नापी नक्सा अद्यावधी गर्न लागेको हो ।
‘सडकले हाम्रो मात्र दुई–रोपनी नै जमिन खाएको (सडकमा परेको) छ । तर हामीले भोगचलन नगरेपनि नगरपालिकालाई सम्पत्ति तथा भुमी कर तिरेकै छौं । नक्साअद्यावधी गर्ने कुरा भएको छ, अव भोगचलन नै नगरेको जमिनको करबाट मुक्त हुने भएका छौं’ बेनीका राजेश शाक्यले भने, ‘सदरमुकाम क्षेत्रमा मात्र होईन, नगरका ग्रामिण भेगमा पनि समस्या उस्तै छ । जग्गा निशुल्क दिंदा पनि समयमै नक्सा अद्यावधी नहुँदा समस्या हुने रहेछ ।’
सडक निर्माणपछि सडकको राईट अफ वे भित्र परेको खेतवारी जग्गाधनीले बर्षौदेखी भोगचलन गर्न छोडेपनि भुमि कर भने तिर्दै आएका थिए । सडकले चर्चेको जमिन निशुल्क सरकारको नाममा कित्ताकाट गरिने भएको हो । सडकले ओगटेको जग्गाको कित्ताकाट गरी स्वामित्व सरकारको नामा सारेपछि ब्यक्तिले अनावश्यक भुमिकर तिर्नु पर्ने छैन ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि सुवेदीका अनुसार सडक विभागबाट अस्थाई सवारी संञ्चालन स्वीकृती पाएका बाग्लुङ्ग–रत्नेचौर–बेनी सडक, बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्ड र बेनी–दरवाङ सडकको बेनी–फापरखेत खण्डको सडकमा परेका ब्यक्तिगत जग्गा निशुल्क सरकारको नाममा कित्ताकाटगरी नापीनक्सा अद्यावधी गरिन लागेको हो ।
‘भोगचलन नै नगरेको जग्गाको महंगो भुमिकर तिर्नु परेको जनगुसानासा सम्बोधन गर्न पहिलो चरणमा नगरभित्रका मुख्य सडकमा परेका ब्यक्तिगत जग्गाको नापीनक्सा अद्यावधी गरिने छ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘दोस्रो चरणमा अन्य नगर सडकमा परेको जग्गाको पनि नापीनक्सा अद्यावधी गर्ने योजना छ ।’
बेनी नगरपालिका क्षेत्रमा मात्र होईन अस्थाई सवारी संञ्चालन अनुमति पाएको बेनी–दरवाङ सडकमा अन्र्तगत मंगला गाउँपालिकाको फापरखेत–सहश्रधारासम्म, मालिका गाउँपालिकाको सहश्रधारादेखी दरवाङ खण्ड, बेन–जोमसोम सडक अन्र्तगत रघुगंगा गापाको गलेश्वरदेखी–तिप्ल्याङसम्म र अन्नपूर्ण गापाको महभीर–काप्रे खण्डमा सडकले चर्चेको ब्यक्तिगत जग्गापनि अद्यावधी आवश्यक छ ।
सवारी संञ्चालन अनुमति पाएका सडक मात्र होईन, रत्नेचौर–भकिम्ली, बेनी–पाखापानी, बेनी–कुहुँ, गलेश्वर–भगवती–बेग, पोखरे–घार–चित्रे, महभीर–हिस्तान–राम्चे–नागी, दरवाङ–विम–मराङ, दरवाङ–ताकम–मुना, बेनी–सुर्केमेला–बरंजा समेतका जिल्ला भरका सडकले चर्चेका जग्गा भोगचलन गर्न छोडेपनि सरकारको नाममा कित्ताकाट नहुँदा जग्गाधनीले भुमिकर तथा सम्पत्ति कर तिर्दै आएका छन ।
‘मालिका गापा केन्द्र रहेको दरवाङ बजारमा सडक मापदण्ड कार्यान्वयनमा ठूलो चुनौति छ । हामी पनि छिट्टै कम्तीमा दरवाङ वजारक्षेत्रसम्म सडकले ओगटेको ब्यक्तिका जग्गाको नापी नक्सा अद्यावधी गर्ने योजनामा छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘सम्पति तथा भुमी कर लागु गर्न सवै ग्रामिण सडकको पनि राईट अफ वे कायमगरी निजी जग्गा सरकारीकरण आवश्यक हुन्छ ।’
त्यतिमात्र होईन, जग्गाधनीबाट सडकको नाममा कित्ताकाट गरी नापी नक्सा अद्यावधी नहुँदा सडकको राईट अफ वे भित्र पर्ने जग्गाको पनि किनवेच भैरहेको छ । गलेश्वर, तिप्ल्याङ, पोखरेवगर, तातोपानी, दाना, मौवाफाँट, बाबियाचौर, दरवाङ, ताकमजस्ता गाउँपालिका केन्द्र रहेका उदयमान बजारहरुमा सडकसँगै जोडिएका जग्गको नापी नक्सा अद्यावधी नगरी महंगो मुल्यमा हातमा नापेर घडेरीमा किनवेच भैरहेको छ । सडकको राईट अफ वे निर्धारणगरी नक्सा अद्यावधी नहुँदा विदेशबाट कमाएर पठाएका ग्रामिण भेगका सर्वसाधारण ठगिने अवस्था आएको छ ।
‘सडकसँग जोडिएका घडेरी किनवेचमा समस्या आएको छ । घरनक्सा पासको कार्यविधी र सडक मापदण्ड निर्धारण पछि सडकले ओगटेको निजी सम्पत्तिको नापीनक्सा अद्यावधी गर्न सुरु गर्छौं’ अन्नपूर्ण गाउँपालिकाक प्रशासकीय अधिकृत नविन सुवेदीले भने, ‘पालिका भित्रका सडक मापदण्ड कायम गर्न सुझाव कार्यदल बनाएका छौं । घरनक्सा कार्यविधी र सम्पत्ति तथा भुमिकर निर्धारण प्रकृया सुरु गरेका छौं ।’