- Loading...
मंगलाले तोक्यो सडक मापदण्ड
- पुनहिल डट कम
- ५ साल अघि
- ३६७ पटक पढिएको
यहाँको एक गाउँपालिकाले ग्रामिण सडकहरुको पनि क्षेत्राधिकार तोकेको छ । भौगोलिक रुपमा जिल्लाकै सवै भन्दा सानो र मिलेको मंगलाले गाउँपालिका भित्रका सडकलाई क–घ चार श्रेणीमा विभाजन गरी सडकको मापदण्ड कायम गरेको हो ।
गाउँपालिकाको मंगलवार सम्पन्न चौथो गाउँसभाले सिम–टोड्के, पुल्चोक–पोक–देउराली, पखेर–झाँक्रेपानी र पुल्चोक–छिस्वाङ सडकलाई ‘क’ वर्गमा राखी सडक क्षेत्राधिकार १३ मिटर तोकेको छ ।
भाईवाङ–हिदी, सातविसे–बरंजा–बुकेनी, सिमलचौर–टोड्के, मुहाने–पाँखु–धारा–सिर्कुम–टिकावाङ ‘ख’ श्रेणी र सडक क्षेत्राधिकार ११ मिटर तोकेको छ । बाँकी सवै ग्रामिण सडक ‘ग’ श्रेणी तथा सडक क्षेत्राधिकार ९ मिटर तथा गाउँपालिका मुकाम रहेको बाबियाचौर बजार क्षेत्रभित्रका सवै गल्लीकम्तीमा ६ मिटर कायम गरिएको र सवै सडकमा २ मिटर सेटब्याक छोड्नु पर्ने भएको छ ।
यसैगरी ख बर्गमा सूचिकृत भाईवाङ–हिदी, सातबिसे–बरंजा–बुकेनी, सिमलचौर–टोड्के, मुहानेखोला–पाखु–धारा–सिर्कुम–टिकावाङ सडकको क्षेत्राधिकार ११ मिटर कायम भएको छ । ग वर्गका सडकको ९ र घ वर्गका बजारका भित्री गल्लीको सडकको क्षेत्राधिकार ६ मिटर कायम गरिएको छ । सबै सडकको डेढ मिटर सेटब्याक छाड्नुपर्ने भएको छ ।
उपाध्यक्ष सृजना केसीका अनुसार गाउँपालिकाको हिउँदे अधिवेशनमाट गत असारमा बार्षिक बजेटलाई पनि संशोधन गरेको छ । कार्यअनुभवको कमिले बािर्षक बजेट बनाउँदा पुँजीगतमा राख्नु पर्ने वित्तिय सवलिकरण तर्फको करिव ३ करोडबढी बजेट चालु शिर्षक परेको थियो ।