FLASH NEWS
  • Loading...

बेनीमा कांग्रेसको प्रर्दशन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३८ पटक पढिएको
बेनीमा कांग्रेसको प्रर्दशन

ओली नेतृत्व सरकारले असंवैधानिक कदमबाट प्रतिनिधी सभा भंङ्ग गरेको भन्दै काँग्रेसले देशभरीसँगै म्याग्दी सदरमुकाम बेनीमा पनि सरकार विरुद्ध प्रर्दशन गरेको छ । सभालाई काँग्रेस म्याग्दीका पूर्व सभापति एवं संविधान सभा सदस्य रेशमबहादुर बानियाँ लगाएतले सम्बोधन गरेका थिए ।

संगमचोकमा भएको विरोध सभामा बोल्दै ओली नेतृत्वको नेकपा सरकारले संविधानलाई कुल्चिँदै देशलाई गम्भीर दुर्घटनामा लगेको आरोप बताए । कांग्रेस सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या मिन बहादुर कार्की, अन्नप्रर्ण गाउँपालिका अध्यक्ष क्या डम बहादुर पुनले देश जनताको योगदानले बनाएको संविधानलाई कुल्चँदै संसद विघटन गरेर प्रतिगामी, दक्षिणपन्थी ओली सरकारले कुठाराघात गरेको आरोप लगाएका थिए ।