- Loading...
पुष्पाले जितिन् ढाका म्याराथनमा स्वर्ण
- पुनहिल डट कम
- ४ साल अघि
- ३६१ पटक पढिएको

नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्। महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्।
बंगलादेशको ढाकामा भएको म्याराथनमा जितसँगै पुष्पाले ५ लाख टाका नगद पुरस्कार जितेको टिम प्रशिक्षकको भूमिकामा ढाकामा रहेका धनीराम चौधरीले जनाएका छन्। पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन्। उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए। भारतबाट ३, नेपालबाट १ र बंगलादेशबाट ८ खेलाडीले भाग लिएको प्रशिक्षक चौधरीले जानकारी गराए। भारतीय खेलाडीले दोश्रो र तेश्रो स्थान हासिल गरे।
म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए। किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए। निर्धारित दूरी तय गर्न किरणले २ घण्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
