- Loading...
अब अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने
- पुनहिल डट कम
- ४ साल अघि
- ३१४ पटक पढिएको

राष्ट्र बैंकले अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था हटाएको छ । यो व्यवस्था माघ १ गतेदेखि लागू हुने भएको छ । योसँगै अब अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।
यसअघि कोरोना कहरलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ कारोबार गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो । बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्ने बताएको हो ।
यद्यपि, मासिक २ पटकसम्म भने निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसपछि भने प्रतिकारोबार अधिक्तम २० रुपैयाँसम्म शुल्क लाग्ने बताइएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा एक बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा प्रयोगमा गर्दा पैसा नलाग्ने व्यवस्था गर्ने घोषण गरेको थियो । कोरोना कहरलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको पनि थियो ।
तर, अहिले कोरोना कहर सामान्य हुदैं गएको, बन्दाबन्दी पनि खुलेको अवस्थालाई लक्षित गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिने व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
