- Loading...
म्याग्दी क्याम्पसको ३० औं वार्षिकोत्सव
- पुनहिल डट कम
- ४ साल अघि
- १६७ पटक पढिएको

सामुदायीक प्रयासमा ०४८ सालमा स्थापित जिल्लाको जेठो शैक्षिक धरोहर म्याग्दी क्याम्पसले शनिवार ३० औं वार्षिकोत्सव मनाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा मानविकी तथा शिक्षा संकायमा स्नातक तहसम्म र ब्यवस्थापन तर्फ एमविए (मास्टर अफ विजनेस स्टडिज) स्नाकोत्तर तहसम्मको अध्ययन/अध्यापन हुँदै आएको छ ।
कोरोना कहर विच बेनी अस्पतालका विरामीलाई फलफुल तथा स्यानिटाईजर हस्तान्त्रणगरी म्याग्दी क्याम्पसले आफ्नो वार्षिकोत्सव मनाएको हो । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वालकृष्ण सुवेदी, क्याम्पस प्रमुख गोरखबहादुर जिसी, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालसमेतले बार्षिउत्सवको अवसरमा विरामीलाई फलफुल प्रदान गरेका थिए ।
जिल्लामा थप र्दुई सामुदायी र एक निजी स्तरबाट संञ्चालित ब्यवस्थापन र शिक्षा शास्त्र संकायका स्नातक तहका क्याम्पस संञ्चालनमा छन । सामुदायीक प्रयासमा संञ्चालन भएकोले आर्थिक श्रोत जुटाउन क्याम्पसले प्रविणता प्रमाणपत्र तह विस्थापित भएपछि १० जोड २ कक्षाहरु समेत संञ्चालन गर्दै आएको छ । शिक्षा ऐनले १० जोड २ लाई मावि तहमा समाहित गरे पनि कार्यान्वयन नभएकोले क्याम्पसमा पनि दुट्टै ११ र १२ कक्षाको पनि अध्यापन हुने गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
