FLASH NEWS
- Loading...
प्रधानमन्त्री ओलीको फोन प्रचण्डलाई, प्रचण्डपत्नीको स्वास्थ्य लाभको कामना
- पुनहिल डट कम
- ४ साल अघि
- २८१ पटक पढिएको

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज फोनमार्फत् प्रचण्डपत्नी सीता दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रचण्डकी पत्नी सीता दाहाललाई आज दिउँसो मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले आमालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी थिइन्। उनको स्वास्थ्य अवस्थाबारे भने अझैसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।
नेकपाका दुई समूह ओली र प्रचण्ड–नेपालबीच बढ्दो तिक्तताका बीच प्रधानमन्त्री ओलीले यसरी प्रचण्डलाई टेलिफोनमार्फत् प्रचण्डपत्नीको स्वास्थ्य लाभको कामना गरेका हुन्। यससँगै प्रधानमन्त्री ओलीले प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्नका लागि विष्णु पौडेल र सुवास नेम्वाङलाई अस्पताल पठाएको समेत बताइएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
