- Loading...
११ जिल्ला हिमपात/हिमपहिरो र २१ जिल्ला शीतलहरको उच्च जोखिममा
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

देशभरका ३२ जिल्ला हिमपात/हिमपहिरो र शीतलहरको उच्च जोखिममा परेका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोयाममा मौसमी प्रतिकूलताका कारण बर्सेनि हुने जनधनको क्षति, तापक्रमको अवस्था र मानिसको बसोबासको स्थितिका आधारमा सूची तयार पारेको हो ।
सोहीअनुसार मन्त्रालयले ११ जिल्लालाई हिमपात/हिमपहिरो र तराई/मधेसका २१ जिल्लालाई शीतलहरको उच्च जोखिममा राखेको हो ।
त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र रसुवाको माथिल्लो भेग, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखा, रुकुम पूर्व र म्याग्दी गरी २१ जिल्ला हिमपातको उच्च जोखिममा छन् । मन्त्रालयले केही दिनअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिवहरूलाई बोलाएर चिसोका कारण हुने जनधनको क्षति न्यूनीकरणबारे छलफलसमेत गरेको थियो ।
२०७१ असोज २८ मा मनाङ र मुस्ताङ क्षेत्रको माथिल्लो भेगमा हिमआँधी (हुदहुद) का कारण ४३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ५० जना हराएका थिए ।पछिल्लो ४ वर्षमा हिमपात र शीतलहरबाट मात्रै ८२ जनाको मृत्यु भएको थियो । चिसोबाट मृत्यु भएका कतिपयको यकिन विवरण छैन । गृ मन्त्रालयका अनुसार हिमपात र शीतलहरबाट आर्थिक वर्ष २०७३/७४ मा ९, २०७४/७५ मा ४८, २०७५/७६ मा १२ र २०७६/७७ मा १३ जनाले ज्यान गुमाएका थिए । यो अवधिमा अत्यधिक चिसोबाट ३ हजारभन्दा बढी चौपायाको मृत्यु भएको थियो । विपद्बाट ज्यान गुमाएका मानिसका परिवारलाई २ लाखका दरले थप राहत दिने व्यवस्था छ । चिसोबाट हुने क्षति न्यूनीकरण तथा रोकथामलगायत कार्यक्रम सञ्चालन गर्न केन्द्रीय विपद् व्यवस्थापन कोषबाट शीतलहरको उच्च जोखिममा रहेका तराईका ११ जिल्लालाई १५ लाखसम्म र बाँकी ११ जिल्लालाई १० लाख, हिमाली २१ जिल्लालाई ७ लाखसम्म, पहाडी र उपत्यकासहितका ३४ जिल्लालाई ५ लाखसम्म रकम पठाइएको छ ।
पुस सुरु भएपछि उच्च हिमाली भेगका धेरैजसो बस्ती विस्तारै चिसो छल्न तल झरिसकेका छन् । चिसोबाट बच्ने गरी सरकारी तहबाट ठोस कार्यक्रम नबन्दा बर्सेनि उच्च हिमाली भेगका बस्ती फागुनसम्मै अन्यत्रै सर्नुपर्ने बाध्यता छ । हुम्ला, मुस्ताङ, ताप्लेजुङ, मनाङलगायत जिल्लाका माथिल्लो भेगमा माइनस तापक्रम हुन थालेपछि बस्ती तल सरिसकेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले मंसिर, पुस र माघ महिना तराई–मधेस र उच्च हिमाली क्षेत्र बढी प्रभावित हुने गरेको बताए । यो अवधिमा खासगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी र गर्भवती महिला बढी जोखिममा पर्ने हुँदा तीनै सरकारबाट कार्यक्रम लागू गर्नुपर्ने उनको भनाइ छ

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
