- Loading...
नेकपा विभाजन कि एमाले–एमाओवादी ?
- पुनहिल डट कम
- ३ साल अघि
- १४७ पटक पढिएको
म्याग्दीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र दहाल–नेपाल समुह विभाजनमा खुलेका कार्यकर्ताको सूची हेर्दा एमाले–एमाओवादी विच कित्ताकाट जस्तो देखिन थालेको छ ।
सतहमा खुलेर पार्टी पक्षधरता वकालत गरिरहेका कार्यकर्ताको पंक्ति झट्ट हेर्दा नेकपा विभाजन नभै साविकका एमाले र एमाओवादी छुट्टीएका हुन कि जस्तो देखिएको छ ।
समुह भेला/बैठकहरुमा कार्यकर्ता हेर्दा ओली समुहमा एमाले खेमा र दहाल–नेपाल समुहमा एमाओवादी खेमाको वोलवाला प्रश्ट देखिएको छ । यद्यपी ओली समुहमा न्यून एमाओवादी खेमाका कार्यकर्ता र दहाल–नेपाल समुहमा पनि एमाले खेमाका न्यून संख्याका कार्यकता खुलेका देखिएको छ ।
सदरमुकाम बेनीको विरेन्द्रचोक स्थित भुपु सैनिक कल्याणकाली बचत तथा ऋण सहकागीको सभाहलमा आईतवार आयोजित दहाल–नेपाल समुहको अगुवा कार्यकर्ता भेलाका सहभागी हेर्दा पूर्व एमाओवादी समुहको वोलवाला देखियो ।
प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधी सभा भङ्ग गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको वैधतामाथी मुद्धा विचराधिन रहेको र नेकपा विभाजनपछि ओली र दहाल–नेपाल समुह कुन वैधानिक नेकपा भन्ने निर्वाचन आयोगमा विचराधिन मुद्धाको टुङ्गो नहुँदासम्म जिल्ला तथा गाउँतहका अधिकांश कार्याकर्ता भने पार्टीमा कित्ताकाटको निर्णयमा नपुग्ने देखिएको छ ।
विघठित प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापा, जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसी, विभिन्न गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरुले अझै आफ्नो कित्ता प्रश्ट पारेका छैनन । उनीहरुले अझै केही समय पर्ख र हेरकै अवस्थामा रहने बताएका छन ।
ओली समुहमा पूर्व एमोवादीका मंगला गाउँपालिकाका प्रभावशाली पुस्कर विक, भुपेन्द्र बुढाथोकी मगर, अन्नपूर्णका शुभास विक, बेनी नगरपालिकाका कुमार किसान समेत खुलेका छन । त्यसैगरी दहाल–माधव समुहको आईतवारको जिल्ला अगुवा भेलामा पूर्व एमालेका साविक नेकपा गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ, युवा संघको केन्द्रीय सचिव कृष्णकुमार विक, नेकपा जिल्ला सदस्य वालकृष्ण सुवेदी, देउप्रसाद छन्त्याल समेत करिव दर्जन कार्यकर्ता मात्र सहभागी देखिए ।
साविक नेकपाका अधिकांश कार्यकर्ता निर्वाचन आयोगले पार्टी वैधता र निर्वाचन चुनाव चिन्हको आधारमा मात्र आफ्नो कित्ताकाट गर्ने भन्दै मौनता देखाएका छन । त्यसै विच ओली समुहले आक्रमक रुपमा एमाले र सूय चिन्हवाला भन्दै माधव, ओली समुहका कार्यकर्तालाई एक्ल्याउने प्रयास थालेका छन ।
‘पार्टी कुनै शिद्धान्त, दर्शन वा विचारबाट विभाजन भएकै हैन । नेताको महत्वाकांक्षा, गुटवन्दीले पार्टी फुटेको अवस्थामा हामी कार्यकर्ता एकाएक कित्ताकाट गर्न हतार गर्नु आवश्यक छैन’ साविक नेकपाका अन्नपूर्ण गाउँपालिका इन्चिार्ज खड्ग गिरीले भने, ‘अदालत र निर्वाचन आयोगमा विचराधिन मुद्धाको फैसला जता भएपनि कार्यकर्ताहरु एक आपसमा लान्छनामा लाग्नु हुँदैन । जुन पार्टी समुहमा बाँडिएपनि आखिर लाभहानी नहेरी कोही लाग्ने अवस्था छैन ।’