FLASH NEWS
- Loading...
कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यू आदेश
- पुनहिल डट कम
- ४ साल अघि
- ३१५ पटक पढिएको

कोरोना भाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यू जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फ्यू आदेश जारी गरिएको छ कर्फ्यू रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यू आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।
यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यू आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले ८ घण्टे कर्फ्यू लगाएको हो । महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यू लगाइएको अधिकारीहरूले जनाएका छन् ।
नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । कर्नाटकका स्वास्थ्यमन्त्री डा. के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरे ।
चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कर्फ्यू लगाइएको अधिकारीहरूको भनाइ छ । भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कुल १४ हजार १४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । श्रोत : एजेन्सीहरु
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
