- Loading...
बादल ओलीतिर, छाडे प्रचण्डको साथ
- पुनहिल डट कम
- ४ साल अघि
- २७७ पटक पढिएको

गृहमन्त्री रामबहादुर थापा बादल अन्ततः केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)तिर लागेका छन्।
बालुवाटारमा सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा बादलले उपस्थिति जनाएर पुष्पकमल दाहाल र माधवकुमार नेपालको कित्ता छाडेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा नेकपा संस्थापक पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादको प्रतिपादक जननेता मदन भण्डारीको तस्बिर राखेर सुरु भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी केन्द्रीय समिति बैठकको पृष्ठभूमिमा नेकपाको चुनाव चिह्न सूर्य राखिएको छ, जहाँ गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको छ। प्रधानमन्त्री ओलीले हालै मनोनित गरिएका केन्द्रीयसहितका नेताहरूलाई निर्वाचनको तयारीलगायत भावी कार्यदिशाका बारेमा मन्तव्य राख्नेछन्।
उता, पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको केन्द्रीय समिति बैठक पनि कार्की बैंक्वेटमा सुरु भएको छ। कम्युनिष्ट पार्टीको झन्डा हसियाँ हथौडा मात्रै पृष्ठभूमिमा राखेर सुरु भएको प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले सुरेन्द्र पाण्डेलाई महासचिव चयन गर्दै छ। राजनीतिक रूपमा विभाजन भए पनि प्रचण्ड-नेपाल समूहमा महासचिव यसअघि थिएनन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
