FLASH NEWS
  • Loading...

७ बर्षिया बालिका बलात्कृत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९९ पटक पढिएको
७ बर्षिया बालिका बलात्कृत

बेनी नगरपालिका, ५ गाजनेकी एक ७ बर्षिया बालिका स्थानीय १५ बर्षिय किसोरद्धारा बलात्कृत भएकी छिन ।
वलात्कारपछि पीडाले सिकिस्त बालिकाको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागी पोखरा पुर्‍याईएको छ । छुट्टै वलत्कारमा संलग्न किसोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षणकालागी पोखरा पठाएको जनाएको छ ।
विहिवार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाई फकाई घरमै वोलाएर बलत्कार गरेको र वालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेका थिए ।
‘वलत्कारको प्रमाण फेला परेका छन । किसोरकै लिङ्ग र अण्डरवयर समेतका कपडाहरु रगताम्मे छ । देख्नेहरु छन’ घट्नास्थल पुगेर फर्केका जिल्ला प्रहरी प्रमुख डिएरपी किरणजंग कुँवरले भने, ‘पीडित बालिकाको उपचार तथा प्रमाणहरु सुरक्षित गर्न पीडकको समेत स्वास्थ्य परिक्षण पोखरामा पुर्‍याउन उपयुक्त भएकोले अस्पताल पठाएका हौं ।’