- Loading...
नेकपा विभाजन तर्फ तीव्र गतिमा उन्मुख
- पुनहिल डट कम
- ४ साल अघि
- ३२१ पटक पढिएको

अन्ततः विद्यमान कानुनी व्यवस्था, संसदीय प्रचलन र दल अधिनस्थ भूमिकाबाट प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारदेखि पूरै अलग वनेका छन ।
घोषित रुपमा दल विभाजन वा परित्यागको कदम चाल्न नसकेपछि उहाँले अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्नसक्ने बाटो रोज्नुभयो । प्रमुख सचेतकलाई हठपूर्ण शैलीमा पदत्यागका निम्ति दबाब दिएका छन । प्रधानमन्त्रीका यी गतिविधिले भन्छ, ‘सकुञ्जेल पेलेरै जान्छु, तर पार्टीले भनेको मान्दिनँ ।’
अघिल्लो पटक वैशाखमा जारी अध्यादेशअनुसार संवैधानिक परिषद्का ६ मध्ये कम्तिमा चार सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था गरियो । त्यतिले पनि नपुगेर मंगलबार अकस्मात् फेरि अर्को अध्यादेशमार्फत संवैधानिक परिषद्को कार्यविधि संशोधन गर्दै सभामुखको अनुपस्थितिमा पनि परिषद्को बैठक बस्न सक्ने व्यवस्था गरियो । अध्यादेश जारी गरिरहँदा प्रधानमन्त्रीलाई लागेको थियो कि, आफ्नो हुकुमी शैलीको अध्यादेशलाई भागबण्डाका नाममा प्रमुख प्रतिपक्षी दलले साथ दिन्छ । यदि देउवाले आफ्नो पार्टीमा पनि ‘केपी शैली’ नै अबलम्बन गरेको भए त्यस्तो हुन्थ्यो पनि । तर, पार्टीका अरु सबै नेता एकातिर, देउवा एक्लै एकातिर हुँदा उनी पनि अध्यादेश विरोधी कित्तामा पुगेका छन् । अब संवैधानिक परिषद्मा बाँकी छन् जम्मा तीनजना– प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्ष ।
प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीबीच संवैधानिक निकायहरुमा नियुक्तिसम्बन्धी केही गोप्य सम्झौता भएका थिए । जसअनुसार अख्तियार, निर्वाचनसहितका विभिन्न आयोगमा देउवाले गरेका कम्तिमा एक–एक वटा सिफारिस लागु गर्ने । यसका बाबजुद पनि उहाँले आइतबार बोलाइएको बैठकमा सहभागिता जनाएनन । मंगलबार बिहान बस्ने भनिएको बैठकमा भने देउवापुगे । त्यो बैठकको दृश्य हेर्दा एक जनामात्र बाधक थिए, ती हुन् सभामुख । त्यसपछि प्रधानमन्त्रीलाई अकस्मात फुरेको आइडिया हो, सभामुखबिना नै बैठक बस्नसक्ने कानुनी व्यवस्था । तर, ‘भुइँको टिप्न खोज्दा पोल्टाको झ¥यो’ भनेझैँ अध्यादेशको कदमले शेरबहादुरसँग पनि टाढा बनाइदियो । त्यसैले शेरबहादुरले नमान्दासम्म अब जतिसुकै दुःखले जारी गरिएको भए पनि त्यो अध्यादेश काम नलाग्ने भयो ।
प्रश्न प्रधानन्यायाधीशमाथि अध्यादेश आफैँमा विवादास्पद विषय बनेको छ । त्यसको जगमा बस्ने संवैधानिक परिषद्को बैठकमा अरु जो–जो उपस्थित भए पनि प्रधानन्यायाधीश एक–दुई घण्टापछि सभामुख र प्रमुख प्रतिपक्षी दलबिनाको बैठकमा जान हुन्थ्यो कि हुन्नथ्यो ? किनभने, यो अध्यादेश सर्वोच्चका लागि रिटयोग्य छ । संविधानको व्याख्याता सर्वोच्च अदालत र त्यसका प्रमुख प्रधानन्यायाधीशले विवादमा मुछिएको संस्थामा जान मिल्ने कि नमिल्ने ? यस्ता प्रश्नहरु दिउँसैबाट उठ्न थालेका हुन् किनभने सर्वोच्च अदालतसँग जारी भएको अध्यादेश रोक्नेसम्मको अधिकार निहित छ । त्यसमाथि प्रधानमन्त्री अध्यादेशको नाममा संविधानको भावना र मर्मसँगै खेलबाड गरेर केही थान आफ्ना मानिसहरुको भर्ति चलाउन उद्यत देखिनुभएको प्रष्ट छ । वरिष्ठ अधिवक्ता तथा बारका पूर्वमहासचिव माधव बाँस्कोटा भन्छन्, ‘परिस्थिति प्रधानन्यायाधीशको विवेकमा निहित छ ।’
त्रुटीपूर्ण अभ्यास
बिहान ९ बजेको बैठक ५ बजे सार्ने । ५ बजे पनि सभामुख जाँदैनन् भनेपछि उनीबिना पनि बैठक बस्न मिल्ने अध्यादेश ल्याइहाल्ने । अर्थात्, आफ्नो आङको सर्ट–पाइन्ट भनेकै बेलामा फेर्न पाइने सुविधा अध्यादेशजस्तो संवेदनशील विषयमा उपलब्ध छैन । तर, प्रधानमन्त्रीले मंगलबार चाल्नुभएको कदम त्यस्तै छ । संविधानतः संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णयबारे ४८ घण्टापूर्व सूचना दिनुपर्छ । पहिला प्रचण्डले ४८ घण्टाको सूचना दिनुपर्नेमा २४ घण्टाको मात्र सूचना दिनाले गरिएको निर्णय नै अस्वीकृत भएको इतिहास छ । सर्वोच्च अदालतमा दायर भएको २०६६ सालको रिट नम्बर ०९७७ माथि सर्वोच्चले २०६७ भदौ ३१ गते बिहीबार त्यस्तो आदेश दिएको हो । अख्तियारको प्रमुख आयुक्तमा बाबुराम आचार्य, आयुक्तमा विशेश्वरमान श्रेष्ठ, हिमबहादुर गुरुङ, निर्वाचन आयोगमा नीलकण्ठ उप्रेती, भोला साह र भूषण श्रेष्ठ, महालेखा परीक्षकमा भानुप्रसाद आचार्य, लोकसेवाको अध्यक्षमा उदय नेपाली श्रेष्ठसहितका नियुक्ति त्यहीबेला उल्टिएका थिए ।
दलतिर दनक
बुझिन्छ– प्रधानमन्त्री अध्यादेशको खेलोमा सफल÷असफल जे भए पनि उहाँ संसद वा संसदीय दलको निर्णयविधिबाट कुनै अर्को गेमप्लानमा हुनुहुन्छ । तर, संसद वा संसदीय दलका कुनै पनि गतिविधिमा प्रमुख सचेतकको भूमिका निर्णायक हुन्छ । उनले ह्वीप जारी गर्न नसक्छन् । उनले जारी गरेको ह्वीन नमान्ने संसद सदस्य स्वतः निलम्बित हुनेसम्मको प्रावधान छ । त्यसैले मंगलबार नै प्रचण्डलाई फोन गरेर प्रमुख सचेतकको पदबाट देव गुरुङको राजीनामा मागे । यदि राजीनामा नदिएमा दलको नेताको हैसियतले निलम्बनको चिठी संसद सचिवालयमा दर्ता गर्ने बताए ।
पाँच भाइको खबर
संवैधानिक परिषद्को बैठक बिहानबाट बेलुका सारियो । यति हुँदासम्म प्रचण्ड–माधवसहित नेकपा सचिवालयका पाँच नेता आ–आफ्नै बासस्थानमा थिए । विहान सभामुख अग्नी सापकोटा बैठकमा नगएका कारण स्थगित भयो । तर, शेरबहादुर देउवा पुगे । बेलुकी पनि सभामुख नजाने कुरा स्पष्ट थियो । तर, प्रचण्डको चाहना थियो, देउवा पनि नगइदिए हुन्थ्यो । जानेजस्तो कुरा आएपछि माधव, झलनाथ र वामदेवलाई यो कुरा शेयरिङ गरे । त्यतिञ्जेल समस्या बाक्लिएको थिएन ।
जे गरे पनि संवैधानिक परिषद्को बैठक असफल नै हुन्छ भन्नेमै नेता ढुक्क थिए । तर, अकस्मात् २ बजेतिर पाँच नेता नराम्रोसँग झस्किए अध्यादेशको खबर पाएर । त्यसपछि प्रचण्डले सबैलाई खुमलटारस्थित आफ्नो निवास बोलाए । सबैभन्दा पहिला माधव नेपाल ३ बजे पुगे । त्यसपछि झलनाथ र अन्तिममा वामदेव करिव ४ बजे पुगे । ‘हामीले नरम उपचार खोज्यौँ, केपी गरम किसिमको प्रतिक्रियामा लागे’, एकजना नेताले छलफलमा यसो भनेपछि अब सहनशील भएर अगाडि बढ्दा परिस्थिति झन् बिग्रने निश्कर्षमा नेताहरु पुगेका छन् । उनीहरुले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बालुवाटारको सूचनाका आधारमा स्थगन नहुने र कुनै हालतमा बैठक बसेर संस्थागन निर्णयमा जानुपर्ने निचोड निकालेका छन् । पाँचमध्येका एक नेताले जनआस्थालाई बताए, ‘अब हेरौँ त भन्ने ठाउँ सकियो ।’ समाचार जनआस्थाको अनलाईन संस्करणमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
