- Loading...
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटियो , भ्याक्सिनले काम नगर्न पनि सक्ने
- पुनहिल डट कम
- ४ साल अघि
- २५१ पटक पढिएको

बेलायतको केही भागमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको छ, जुन तीव्र रुपमा फैलिरहेको छ ।
उनले भने, विश्व स्वास्थ्य संगठनले यसलाई सूचित गरेको छ र बेलायतका वैज्ञानिकहरु पनि यसमाथि विस्तृत अध्ययन गरिरहेका छन् ।
यो रोग अझै बिग्रिन सक्ने र भ्याक्सिनले यसमाथि काम नगर्ने पनि हुनसक्ने उनले बताए ।
उनले भने, हाल हामीलाई भाइरसका एक हजारभन्दा अधिक मामला प्राप्त भइरहेका छन्, जुन विशेषगरी बेलायतको दक्षिणी भागमा देखिएका छन् । यस्ता घटना ६० अलग–अलग इलाकामा पाइएको छ । उनले थपे, यसका कारण हामीले तीव्र र निर्णायक कारबाही गर्नुपर्नेछ, जुन यस घातक रोगलाई नियन्त्रण गर्नका लागि जरुरी छ । यद्यपी यसका लागि भ्याक्सिन दिइरहेको छ ।
बेलायतका चीफ मेडिकल अफिसर प्रोफेसर भिटीका अनुसार, वर्तमानमा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणका क्रममा भाइरसको उक्त नयाँ प्रकारको पत्ता लागेको हो, जुन पछिल्लो केही हप्तामा विशेषगरी केन्ट र त्यसको आसपासका इलाकाहरुमा पाइएको थियो ।
सबैभन्दा कडा लकडाउन
यस सम्भावित खतरालाई मध्यनजर गर्दै बेलायतमा हालसम्मकै कडा लकडाउन लगाउने घोषणा गरिएको छ । लण्डनमा र विशेषगरी हार्टफोर्डशायका केही भागहरुमा बुधबारदेखि नयाँ नियम लागू गरिनेछ । एजेन्सी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
