FLASH NEWS
- Loading...
राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
- पुनहिल डट कम
- ४ साल अघि
- २४० पटक पढिएको

सभामुख नआएर कोरम नपुग्दा संवैधानिक परिषद रोकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन् । मन्त्रीपरिषदले सिफारिस गरेर राष्ट्रपतिले आज जारी गरेको नयाँ अध्यादेशले सभामुख नआउँदा पनि संवैधानिक परिषद बैठक नरोकिने गरी बाटो खोलेको छ । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले एक वक्तव्यमार्फत जनाएका छन् ।
अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य) को उपस्थितिमा बैठक बस्न सक्ने स्रोतले बताएको छ । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । बैठक मंगलबार नै साँझ ५ बजेलाई बोलाइएको छ ।
गत वर्षको मंसीर ३ मा पनि मन्त्रिपरिषद्ले संवैधानिक परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सकिने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
