- Loading...
धादिङकी रिम्की गुरुङले जन्माइन एकैपटक ३ शिशु
- पुनहिल डट कम
- ४ साल अघि
- २३६ पटक पढिएको

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ वर्षीया रिम्की गुरुङले तिम्ल्याह शिशु जन्माईन । गुरुङले जिल्ला अस्पताल धादिङमा मंगलबार तीन छोरीलाई जन्माएकी हुन।
नवजात शिशुहरुको अवस्था सामान्य रहेको र उनीहरुको तौल १८००, १५०० र २५०० ग्राम रहेको छ । अस्पतालले सयौं जनालाई प्रसुती सेवा दिईसकेको भएपनि शल्यक्रियाबाट एकैपटकमा ३ शिशु जन्माएको अस्पतालको अभिलेखमै पहिलो भएको अस्पतालका सूचना अधिकारी बिक्रम बिकले जानकारी दिए । आमा र तीनै जना शिशुको अवस्था अहिले सामान्य रहेको छ । जटिल प्रकारको उक्त प्रसुती सेवामा खटिने चिकित्सक र स्वास्थ्य कर्मचारीलाई अस्पताल प्रशासनले धन्यवाद व्यक्त गरेको छ ।
शल्यक्रिया गराउन अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश कर्माचार्य, डा.सबिन भन्डारी, स्वास्थ्यकर्मी लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा, एस्तर तामाङ र सरस्वती मल्ल लगायतको टिम खटिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
