FLASH NEWS
  • Loading...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : म्याग्दीमा महिला हिंसा एवं स्त्री रोगसम्बन्धी प्रशिक्षण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३८ पटक पढिएको
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : म्याग्दीमा महिला हिंसा एवं स्त्री रोगसम्बन्धी प्रशिक्षण

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर म्याग्दीमा महिला हिंसाको अवस्था, लैङ्गिक हिंसा र स्त्रीरोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गैह्सरकारी संस्था महाँघस गण्डकी प्रदेशको संयोजन एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजित प्रशिक्षण कार्यक्रमको सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन ।

कार्यक्रमको स्थानीय संयोजन जिल्ला समवन्यय समिति, संगिनी, दिदीवहिनी, नारी जागृति बचत तथा ऋण सहकारी संस्था, मिलन म्याग्दी, कदम, संगम, पिस म्याग्दी र महिला मानवअधिकार रक्षक संञ्जाल, मंगला तथा कालीपुल आमा समुहले गरेका थिए ।

कार्यक्रममा म्याग्दी जिल्लामा महिला हिंसाको अवस्था सम्बन्धमा महिला अधिकार मञ्चकी दीवा पुनले कार्यपत्र प्रस्तुत गरेकी थिईन । त्यसैगरी पाठेघर सम्बन्धी अनुशिक्षण स्त्रीरोग विशेषज्ञ डा.हेमा छन्त्याल र डा. लक्ष्मी पन्थीले प्राथमिक उपचार सम्बन्धी आधारभुत ज्ञानबारे जानकारी गराएकी थिईन ।