FLASH NEWS
  • Loading...

आधारभुत पत्रकारिता तालिम

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२४ पटक पढिएको
आधारभुत पत्रकारिता तालिम

रघुगंगा गाउ“पालिकाको केन्द्र मौवाफा“टमा दुई दिने आधारभूत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ ।

रघुगंगा गाउ“पालिकाको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले आयोजना गरेको तालिममा गाउ“पालिका अन्र्तरगत सवै ८ वडाबाट शिक्षक, आमा समुह, युवा क्लव र जनप्रतिनी सहभागी थिए ।

‘गाउ“पालिकामा भैरहेका गतिविधीको निगरानी गर्ने, प्रोत्साहन गर्ने दुर्गम वस्तीमा भएका अनुकरणीय काम र घट्नाहरुले संञ्चार माध्यमबाट उजागर हुने विश्वास गरेका छौं’ तालिम उद्घाटन गर्दै गाउ“पालिका प्रमुख भवबहादुर भण्डारीले भने, ‘सहभागीले स्थानिय वस्ती तहका गतिविधीलाई संञ्चारमाध्यम सम्म पु¥याउने र प्रकाशित, प्रसारित हु“दा स्थानीय सरकारलाई पारदर्शी बन्न मद्दत पुग्नेछ ।’

दुर्गम बस्तीमा हुने समाचारलाई सदरमुकाम र मुलधारका पत्रपत्रिकामा पु¥याउन समाचार श्रोतहरु तयार गर्ने उद्देश्यले गाउ“पालिका तहमा पुगी पत्रकारिताको आधारभुत सिप सिकाईएको हो । तालिममा ग्रामिण पत्रकारिताको महत्व, फोटो, भिडियोसहित समाचारका विषयहरु, पठाउने विधी र उपाय, मोवाईल पत्रकारिता र समाचार संकलन गर्दा अपनाउनु पर्ने सतर्कता बारेमा प्रशिक्षण गरिएको थियो ।

तालिमको अवसरमा प्रशासकीय अधिकृत रमेश थापाले गाउ“पालिकाले संञ्चालन गरेका योजना तथा कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषीका कार्यक्रम, महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्गताको अवस्था, गापाको बजेट तथा वित्तिय अवस्था, चालु तथा पु“जीगत खर्चको अवस्था, बेरुजुको अवस्था र कर्मचारीको अवस्थाबारेमा जानकारी गराएका थिए ।