- Loading...
बेनी नगरपालिका, प्रशासन र प्रहरीगरी ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- १६४ पटक पढिएको

कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा बेनी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयकागरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ सय ५४ जना पुगेका छन । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन ।
मंसिर १६ गते कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको १४ स्वावको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी भएकामध्य बेनी नगरपालिकाका लेखा, शिक्षा र प्रशासन शाखाका गरी ५ जना कर्मचारी रहेका छन । त्यस्तै, जिल्ला प्रहरी प्रमुख डिएसपी, असई र जवानगरी तीन जना तथा जिल्ला प्रशासनका एक कार्यालय सहयोगी हुन ।
स्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालले सार्वजनिक गरेको विज्ञप्ती अनुसार गुल्मी, तनहुँ, र रुपन्देही स्थाई घर भएका ३४, ३२ र ३४ बर्षका पुरुष, बाग्लुङ ठेगाना भएका ४४ बर्षिय पुरुष, बेनी नगरपालिका, ७ का ४०, १० ३२ र ४८ का पुरुष र बेनी नपा, १ का पुरुष छन । यस अघि जिल्ला प्रशासन र प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टी भएको थियो ।
त्यसैविच कोरोना महामारीवाट वच्न मास्स लगाउने, सामाजिक दुरी कायम गर्ने समेतका स्वास्थ्य मापदण्ड पालना नगर्नेमा बेनी नगरपालिका जिम्मेवारी जनप्रतिनिधी र कर्मचारीहरु अग्रस्थानमा देखिएका छन । बेनी नगरपालिकाका पदाधिकारीहरुले विभिन्न स्थानमा पुगेर स्वास्थ्य मापदण्ड पालना नगरेको तस्वीरसँगै स्वास्थय मापदण्ड ठूलावडाले होईन, सानाले मात्र पालना गर्नु पर्छ भन्ने आडम्बर पनि फेसवुकमा पोष्ट गरेको सर्वसाधारणले टिप्पणी गरेका छन ।
‘नगरपालिकाका पदालिकारीले सामाजिक संञ्चालमा पोष्ट गरेका तस्वीरका ब्यक्तिहरु हेर्दा उनीहरु एकापरिवारका एउटै चुल्हो प्रयोग गर्ने सदस्यहरु होईनन, विभिन्न परिवार र भुगोलमा बस्ने, विभिन्न सर्कलका मान्छेसँग सम्पर्क भएका ब्यत्तिहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नु पर्ने हो तर पालना गरिएको छैन ’ बेनीका एक नामउल्लेख गर्न नचाहने सर्वसाधारणले भने, ‘आज एकै दिन बेनीनगरपालिकाका ५ जनामा कर्मचारीमा कोरोना पुष्टी भयो, बेनी नगरपालिका कोरोना जनताको घरमा पुर्याउने माध्यमबन्ने जोखिम बढेको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
