FLASH NEWS
  • Loading...

जागिरे मानसिकता बाधक – अध्यक्ष तिमिल्सिना

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१४ पटक पढिएको
जागिरे मानसिकता बाधक – अध्यक्ष तिमिल्सिना

हाम्रो शिक्षा नितीले विकास गराएको जागिरे मानसिकता नै देश विकासको मुख्य बाधक रहेको राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

म्याग्दी बहुमुखी क्याम्पसको २८ औं बार्षिकोत्सवको उद्घाटन गर्न बेनी आएका अध्यक्ष तिमिल्सिनाले भने, पढ्नु भनेको जागिर मात्र खानु होईन । जागिरे मानसिकताले जीवन निर्वाहमुखी बन्छ । उन्नती हुन्न । आप्mनो क्षेत्रमा सफलता प्राप्त गर्नु असल शिक्षाको उद्देश्य हो । तिमिल्सिनाले थपे, खेल, ब्यापार, उद्योग, कला आदी क्षेत्रमा सफल हुनु पनि पढ्नु हो । ब्यवसायीक शिक्षाको विकान नगरी देशको प्रगति संभव छैन ।

सामुदायीक प्रयासमा २८ बर्ष अघि ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट अध्यापन सुरु गरेको म्याग्दी क्याम्पसले मानविकी, शिक्षा संकाय र ब्यवस्थापनमा एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहसम्मको अध्यापन हु∕दै आएको छ ।

म यस क्याम्पसको पूर्व विद्यार्थी पनि हु∕ । अहिले भुमिका फेरिएपनि दायीत्व फेरिएको छैन । म क्याम्पसमा ब्यवसायीक शिक्षा संञ्चालन गर्न म सहकार्य गर्न आतुर छु प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, संविधानसंग बाझिएका कानुन परिवर्तन गर्न प्रतिनिधी सभा संसद लागेको छ । शिक्षा ऐन पनि फेर्ने र संसोधन तयारीमा छौं ।

समुदायको आर्थिक तथा भौतिक सहयोगमा संञ्चालित म्याग्दी क्याम्पस धौलागिरी क्षेत्रको अगुवा शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने प्रयत्न छौं । क्याम्पस संञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, प्रयाप्त भौतिक पूर्वाधार भएपनि विद्यार्थीबाट शुल्क उठाएर शिक्षक, कर्मचारी पालेका छौं । माग्ने मानसिकताले क्याम्पसको शैक्षिक वातावरणमा लाग्न पाएका छैनौं । त्रिवीको आ∕गिक क्याम्पसको रुपमा मान्यता पाउन सहयोग गर्नु पयो ।

क्याम्पसको २८ औं बार्षिकोत्सव कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट उपाध्यक्ष इश्वर सुवेदी, प्रध्यापक प्रतिनिधी भोलानाथ घिमिरे, अभिभावक रामप्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, का∕ग्रेसका माधव रेग्मी, नेकपाका गोविन्द पौडेलले शिक्षा निती र क्याम्पसको शैक्षिक वातावरणमा चर्चा गरे । त्यसैगरी क्याम्पसका पूर्व संञ्चालक समितिका अध्यक्ष एवं स्थापक डा. भुपेन्द्रबहादुर खड्का, जिल्ला समवन्य समितिका अध्यक्ष देवेन्द्र केसी, गण्डकी प्रदेश सदस्य विनोद केसी, प्रतिनिधी सभा सदस्य भुपेन्द्र थापाले क्याम्पसको विकास र शैक्षिक वातावरणमा काम गर्ने प्रतिवद्धता दोहोयाए ।

जिल्लामा थप र्दुई सामुदायी र एक निजी स्तरबाट संञ्चालित ब्यवस्थापन र शिक्षा शास्त्र संकायका स्नातक तहका क्याम्पस संञ्चालनमा छन । मानविकी विषयमा भने जिल्लामा आर्कषण घटेको छ ।