- Loading...
बागलुङका २९ बर्षिय संक्रमित पुरुषको पोखरामा मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- २८२ पटक पढिएको

बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहिबार राती ८ः ५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचार गराईरहेका थिए । निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत बुधबार बागलुङमा मृत्यु भएका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको पनि कोरोना भाईसर जाँचको रिपोट शुक्रबार पोजेटिभ आएको छ । यो सँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस्तै स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७७ बर्षिय पुरुषको बिहिबार राति उपचारकै क्रममा मृत्यु भएको छ । उनमा कात्तिक २ गते संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिकाका तीस दिने संक्रमित बालकको शुक्रबार दिउँसो १२ः १५ बजे मृत्यु भएको छ । उनमा निमोनियाको समस्या थियो ।उनको वडा खुलेको छैन् । वडा नं. १७ का ७५ बर्षिय पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको छ । उनी कात्तिक १४ गते संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको निर्देशनालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
